काठमाडौं– नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर सरस्वती चौधरी अस्ट्रेलिया फर्किएकी छन्।
पोखरामा भएको पाँचौं संस्करणको टाइगर कप खेल्न उनी स्वदेश फर्किएकी थिइन्। उनले विभागीय टोली एपिएफ क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएकी थिइन्।
तर, फाइनलमा आयोजक टाइगर ग्रुपसँग एपिएफ पराजित हुँदै उपविजेतामा सिमित भएको थियोे। पुरस्कारसमेत नलिई काठमाडौं आएकी उनी बिहीबार अस्ट्रेलिया फर्किएकी हुन्।
उनलाई एपिएफका रेश्मा भण्डारी, कविता भट्टलगायत खेलाडीले बिदाई गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।