काठमाडौँ –प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
उनले दिउँसो १ बजे बोलाइएको बैठकमा प्रचण्डले सम्बोधन गर्ने बताइएको छ । माओवादी संसदीय दलका नेतासमेत रहेको प्रचण्डले दिउँदे अधिवेशनको पहिलो बैठकमा सम्बोधन गरेका थिएनन् । आजको बैठकमा सरकारले ल्याएका सबै ६ वटा अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची समेत रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।