काठमाडौँ – पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज पनि चितवन अदालतमा उपस्थित हुँदैछन् ।
सहारा चितवन सहकारी ठगी प्रकरणमा बुधबार थुनछेक बहस नसकिएपछि आज १० बजे अदालतमा उपस्थित गराउन लागिएको हो । भने आज पनि थुनछेक बहस जारी रहनेछ ।
आज जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस र थुनछेक गर्नेछन् । थुनछेक बहस सकिए आजै थुनछेक आदेश आउने सम्भावना रहेको बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।