काठमाडौँ – बागमती प्रदेश सभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे प्रदेशसभा सचिवालय हेटौँडामा बस्नेछ ।
आज २ वटा बैठकहरू सञ्चालन हुनेछ जसमा प्रदेशसभाको पहिलो बैठकमा संसदमा दर्ता भएका ४ विधेयकहरू पेस हुनेछ । दोस्रो बैठकमा सो विधेयकहरू माथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयकी सूचना अधिकारी हेमा न्यौपानेले जानकारी दिएकी छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।