काठमाडौँ - मधेश केन्द्रित दलहरूको संयुक्त बैठक आज बस्ने भएको छ । मधेश तथा थारु केन्द्रित आठ दलको संयुक्त बैठक आज दिउँसो १ बजे नाउपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बताइएको छ ।
मधेश तथा थारु आन्दोलनबाट प्राप्त उपलब्धि र यसको रक्षाका लागि अपनाउने रणनीतिबारे छलफल गर्न आठ दलको बैठक बस्न लागेको नाउपाका संरक्षक रेशम चौधरीले जानकारी दिए ।
बैठकमा जसपाबाट रेणु यादव र मोहम्मद इस्तियाक राई, जनमत पार्टीबाट अब्दुल खान र शरद सिंह यादव, जसपा नेपालबाट राजकिशोर यादव र मनिष सुमन, नाउपाबाट गंगाराम चौधरी र लालविर चौधरी, लोसपाबाट सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट राम नरेश राय र केशव झा, तमलोपाबाट वृषेश चन्द्र लाल र ब्रज किशोर सिंह तथा जनता प्रगतिशील पार्टीबाट शिवजी यादवलाई बोलाइएको बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।