काठमाडौं - तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस गरिएको छ । आज बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले उक्त विधेयक पेस गरेकी हुन् । यस अघि राष्ट्रियसभामा उत्पत्ति भएको उक्त विधेयकमा दफावार छलफलका लागि समितिमा पठाइएको थियो ।
उक्त विधेयकमा २९ जना सांसदले ७१ वटा संशोधन प्रस्ताव गरेका थिए । सभापति दाहालले विधेयकमा संशोधन सहित विज्ञहरूबाट सुझाव लिइएको र विधेयकको उद्देश्य आँखा स्वास्थ्य सेवामा पहुँच वृद्धि, आँखाका क्षेत्रमा नयाँ प्रविधिको विकास गर्न, गुणस्तरीय सेवा प्रदान गर्ने र सार्वजनिक विश्वविद्यालय सञ्चालन गर्ने रहेको सदनलाई जानकारी गराए । समितिले यही माघ १५ गते सो विधेयक समितिबाट पारित गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।