काठमाडौँ – संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज (आइतबार) बस्दैछ । बैठक दिउँसो १ः१५ बजे बस्ने संसद सचिवालयले जानकारी दिएको छ ।
संसदको चालू हिउँदे अधिवेशन गत शुक्रबारबाट सुरू भएको थियो । राष्ट्रिय सभाको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको सचिवालयले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।