काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले र कांग्रेसको संयुक्त गठनको बेला भएका सहमति कार्यान्वयन गर्न आफ्नो पार्टी दृढ रहेको बताएका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै देउवाले विगतमा सरकार स्थिर नहुँदा आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेको कारण वर्तमान सरकार निरन्तर अघि बढ्ने दाबी गरेका हुन् ।
‘विगतमा सरकार स्थिर नहुँदा मुलुकको आर्थिक स्थितिमा नकारात्मक प्रभाव परेको हुँदा यो सरकार गठन भएको हो,’ देउवाले भने, ‘काँग्रेस र एमालेबीच सात बुँदै सहमति भएर सरकार गठन भएको हो । यसमा अन्यमा दलहरु समेत समाहित छन् । सरकार गठनका बखत भएको सहमति कार्यान्वयनका लागि नेपाली काँग्रेस दृढ छ । यो सहमति कार्यान्वयन हुनेछ र अन्य राजनीतिक दलहरुको सहयोग रहेनछ भन्ने मेले विश्वास गरेको छु । मुलुकमा सुशासन कायम गर्दै आर्थिक समृद्धि हासिल गर्ने सरकारको मुख्य ध्येय हो । सरकार यस मार्गमा सकारात्मक रुपले अघि बढिरहेको छ । र आगामी दिनमा पनि राम्रो काम गर्दै जानेछ भन्ने मैले विश्वास लिएको छु ।’
उनले मुलुकमा सुशासन कायम गर्दै मुलुकमा आर्थिक समृद्धि ल्याउनु वर्तमान सरकारको मुख्य ध्येय भएको र सोहि अनुसार सरकार अघि बढिरहेको बताए । उनले सरकार सुशासन कायम गर्दै आर्थिक अन्नतिको क्षेत्रमा अघि बढिरहेको दावी समेत गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।