काठमाडौं - माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा विजय प्रकाश सापकोटा निर्वाचित भएका छन् । अन्तिम मतगणना अनुसार सापकोटा ७० मतान्तरले अध्यक्षमा विजयी भएका हुन् ।
अध्यक्षमा निर्वाचित विजय प्रकाश सापकोटाले ६८६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी हेमन्त राई ६१५ मत प्राप्त गरेका छन् । सापकोटाले निकटतम प्रतिस्पर्धी राई भन्दा ७१ बढी मत प्राप्त गरेका हुन् ।
सापकोटा हेडक्वार्टर एवम पार्टी उपमहासचिव शक्ति बस्नेत निकट मानिएका थिए भने उनी अखिल (क्रान्तिकारी)मा उमेर हद लगाउनु हुदैँन भन्ने पक्षमा खुलेरै लागेका थिए ।
यस्तै, अध्यक्षका उम्मेदवार उपदेशकुमार यादवले ३१० मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार सुदिन पौडेलले १९२ मत प्राप्त गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।