काठमाडौं – नेकपा माओवादी केन्द्र लगायतका दलहरु मिलेर बनेको समाजवादी मोर्चाले माघ २४ गते काठमाडौंमा विरोध प्रदर्शन र सभा गर्ने भएको छ । बुधबार नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले विरोधसभा गर्ने निर्णय गरेको हो । सभालाई मोर्चाका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।
यो सभा पछि चैतको पहिलो हप्ता मधेशमा पनि सभा गर्ने निर्णय गरेको छ । बैठकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी सहभागी थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।