काठमाडौँ – नेकपा माओवादी निकट विद्यार्थी संघठन अनेरास्ववियु (क्रान्तिकारी) को महासचिवमा रोशन थापामगर विजयी छन् । उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको अन्तिम नतिजा आएसँगै थापामगर थापामगर ५९८ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी सञ्जय महतोले ४१० मत प्राप्त गरेका छन् । थापामगर अध्यक्षका उम्मेदवार हेमन्त राई प्यानलका हुन् । महतो विजयप्रकाश सापकोटा पक्षधरका उम्मेदवार हुन् । उनीहरूको मतान्तर १८८ रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।