काठमाडौं - शहीद दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले प्रभात फेरि कार्यक्रमको आयोजना गरेको छ । उपत्यकाको शान्ति बाटिकामा भेला भएर शहीह स्मारकसम्म प्रभात फेरि निकालिएको थियो ।
शहीद स्मारकमा उपमेयर सुनिता डंगोललगायत महानगरपालिकाका अन्य पदाधिकारीहरु, जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । उनीहरुले शहीदहरूको प्रतिमामा माल्यार्पण गरेका छन् ।
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शहीदहरुको सपना पूरा गर्न एकै ठाउँमा उभिएर काम गर्न जरुरी रहेको बताइन् । उनले शहीदका सपना पूरा गर्न नेतृत्व वर्ग सबै एक हुनुपर्ने बताइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।