काठमाडौं – संसदको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, संसदमा उपस्थिति, सरकारले ल्याएको अध्यादेश लगाएको विषयमा छलफल हुने जनाइएको छ ।
बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले विकसित राजनीतिक घटनाक्रमबारे जानकारी गराउनेछ ।
बैठक बिहीबार दिउँसो १ बजे बस्नेगरी दलको बैठक बोलाइको हो । सरकारबाट बाहिरिएपछि संसदमा माओवादी आक्रामक रूपमा प्रस्तुत हुँदै आएको छ । संसदको हिउँदे अधिवेशन शुक्रवारबाट सुरु हुँदैछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।