काठमाडौँ – नेकपा एमालेले संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक दिउसो १ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बोलाइएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
संघीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न संसदीय दलको बैठक बस्न लागेको हो । बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ । आउँदो १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदै छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।