काठमाडौं– समाजवादी मोर्चाले आज (मंगलबार) काठमाडौँमा बृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । नेकपा माओवादी केन्द्रसहित विभिन्न चार दल सम्मिलित मोर्चाले काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा मध्याह्न १२ बजेबाट कार्यक्रम सुरु हुने बताइएको छ ।
‘वर्तमान राष्ट्रिय राजनैतिक परिस्थिति र समाजवादी मोर्चा नेपालको कार्यभार’ शीर्षकमा अन्तरक्रिया हुन लागेको हो । गत माघ २ गते बसेको मोर्चाको बैठकले शहीद दिवसको अवसरमा माघ १६ गते काठमाडौँमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेकोमा एक दिन अघि नै उक्त कार्यक्रम गर्न लागिएको बताइएको छ ।
समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी रहेका छन् । २०८० साल असार ४ गते समाजवादी मोर्चा गठन भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।