काठमाडौँ – संघीय संसदका सभामुख देवराज घिमिरेले आसन्न संसदको हिउँदे अधिवेशन तयारीका सम्बन्धमा आज संसदमा प्रतिनिधित्व गर्ने प्रमुख पाँच राजनीतिक दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गर्दैछन् ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा ११ बजे प्रमुख दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफलको समय तय भएको सभामुखको सचिवालयले जनाएको छ । आइतबार पनि सभामुख घिमिरेले सत्तारुढ दल र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।
माघ १८ गते बस्ने संसद्को हिउँदे अधिवेशनअघि सभामुखले संसद् सञ्चालन र तयारीबारे विभिन्न दलका प्रतिनिधिहरूसँग छलफल जारी राखेका हुन् । संसद्को हिउँदे अधिवेशन सुरु हुनुभन्दा केही दिन अघि मात्र सरकारले अध्यादेश ल्याएपछि विपक्षी दलहरू आक्रोशित बनेका छन् । अहिले विभिन्न दलहरु पनि संसदमा उठाउने विषय, एजेण्ड, मुद्दाहरुको बिषयमा छलफलमा छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।