काठमाडौँ – कांग्रेसले संसदीय दलको बैठक आज पनि बस्ने भएको छ । आइतबार दिउँसोबाट संसदीय दलको कार्यालय सिंहदरबारसुरु भएको बैठक आज पनि जारी रहने बताइएको छ ।
बैठकमा संसद्को हिउँदे अधिवेशनबारे छलफल जारी रहेको छ । साथै केपी ओली नेतृत्वको सरकारले हालै जारी गरेको अध्यादेशका बारेमा एकजुट र एकीकृत धारणा बनाएर प्रतिरक्षा गर्ने, संसदमा पेश भएका बिधेयक तिब्रताका साथ पारित गर्ने लगायतका बिषयमा छलफल भइरहेको बताइएको छ ।
बैठकले माघ १८ गतेदेखि सुरू हुने हिउँदे अधिवेशनमा कांग्रेसको पोजिसन र एजेन्डाका बारेमा छलफल चलिरहेको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । यस अघि गत पुस २६ गते बसेको मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनका अधिवेशन आह्वान गरिसकेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।