काठमाडौं – यहि माघ १८ गतेको लागि बोलाइएको संसदको हिउँदे अधिवेशनको सन्दर्भमा सभामुख देवराज घिमिरेले विभिन्न बैठक तथा छलफलमा जुटेका छन ।
जस अनुसार अहिले बिहान ११ बजेदेखि सत्तापक्षका मुख्य र प्रमुख सचेतकसँग छलफल छन् । सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँगको छलफल दिउँसो २ बजे तय गरिएको छ । त्यस्तै भोलि बिहान ११ बजे प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग बैठक राखिएको बताएका छन् ।
यस्तै दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । समितिमा विचाराधीन विधेयकलाई छिटो टुंग्याउन सभामुखले संसदीय समितिका सभापतिसँग विभिन्न समयमा संवाद तथा छलफल गर्दै आएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।