काठमाडौं –नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना अहिले जारी छ । निर्वाचन समितिका अनुसार तीन प्रदेशमा अध्यक्ष पदको अन्तिम मतपरिणाम आइसकेको छ । भने अन्य क्षेत्रको आउनेक्रम जारी छ ।
पछिल्लो मतपरिणाम अनुसार केन्द्रीय अध्यक्षका उम्मेदवारद्वय विजयप्रकाश सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा देखिएको छ । कर्णाली प्रदेशमा राईले ८२ मत पाउँदा सापकोटाले ८० मत पाएका छन् । सुदिन पौडेलले ८ मत ल्याउँदा उपदेश यादवले ५ मत पाएका छन् ।
लुम्बिनी प्रदेशमा सापकोटाले सबैभन्दा बढी ८७ मत पाएका छन् । राईले ६६ मत पाएका छन् । यसैगरी, पौडेलले २२ र यादवले जम्मा १० मत पाएका छन् । कोशी प्रदेशमा अध्यक्ष पदको मतगणना अन्तिम चरणमा पुगेको छ । २२० मत गणना हुँदा राईले ११६ मत पाएका छन् । सापकोटाले ४९, यादवले ३५ र पौडेलले जम्मा १८ मत पाएका छन् ।
मधेश प्रदेशमा यादवले सबैभन्दा धेरै ३० मत पाएका छन् । विजय सापकोटा र हेमन्त राईले समान २०÷२० मत पाएका छन् । बागमती प्रदेशमा विजयले ८७ मत पाउँदा उपदेशले ५१ मत पाएका छन् भने हेमन्तले ४८ र सुदिनले १७ मत पाएका छन् ।
गण्डकी प्रदेशमा सुदिन पौडेलले ६१, विजय सापकोटाले ६०, हेमन्त राईले ३९ र उपदेश यादवले १५ मत पाएका छन् । सुदूरपश्चिममा विजयले ७२, हेमन्त राईले ५९, उपदेशले २२ र सुदिन पौडेलले १६ मत पाएका निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार अब विशेष प्रदेश र विश्वविद्यालय प्रदेशको मतगणना हुन बाँकी रहेको छ । उक्त मतगणना पनि आजै अन्तिम परिणाम सार्वजनिक हुने बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।