काठमाडौं – नेपाली कांग्रेसको संसदीय दलको बैठक आइतबार (आज) बस्दैछ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बस्ने बताइएको छ ।
संघीय संसद् अधिवेशन शुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिएका छन । संसद्को हिउँद अधिवेशन माघ १८ शुरु हुँदैछ ।
बैठकमा सरकारले ल्याएका अध्यादेश, अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयक तथा यसअघि प्रस्तुत भएका विधेयकबारे छलफल हुने घिमिरेले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।