मोरङ – उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गरिरहेको उनले बताएका छन् ।
विराटनगर विमानस्थलमा आज (शनिबार) सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले वर्तमान सरकार गठन भएपछि आर्थिक सुधारका काम भएका तथा ती सुधार आर्थिक परिसूचकबाट पनि पुष्टि भएको बताए ।
फरक प्रसङ्गमा उनले निर्माण व्यवसायीको भुक्तानी नरोकिने प्रष्ट पारे । साथै अर्थमन्त्रीले पुँजीगत खर्चमा सुधार भइरहेको समेत बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।