लमजुङ – सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङको कांग्रेस–एमालेको गठबन्धनको सरकार आगामि निर्वाचन सम्म जाने दाबी गरेका छन् ।
सरकारका प्रवक्ता समेत रहेका गुरूङले देशमा अस्थिरता चाहनेहरुले सरकार परिवर्तनको हल्ला चलाएको भन्दै त्यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।
लमजुङमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘कांग्रेस र एमालेसहित केही साना दलहरुले समर्थन गरेपछि दुई तिहाईको बहुमत छ । त्यसैले यो सरकार आगामी चुनावसम्म सहज ढंगले अगाडि बढ्छ । सरकार फेरिने हल्ला प्रतिपक्ष दलका नेताहरुले कार्यकर्तालाई उत्साह दिनको लागि मात्रै भनेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।