• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ २०, २०८३ Wed, Jun 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

शंकर लामिछानेका १० कुरा : शून्यवाददेखि साहित्यमा यौनसम्म

64x64
नेपाल लाइभ शुक्रबार, असोज २७, २०७४  १०:०५
1140x725

'प्रयोगशीलता नै शंकर लामिछानेको विशेषता हो' र शंकर लामिछानेको शैलीमा लेखक र पाठकसँगै बसेर कुरा गरिरहे झैं लाग्छ र प्रभावोत्पादकले गर्दा नेपाली गद्यशैलीले फर्मायसी लुगा लाए झैं लाग्छ भन्ने उद्‌गारले उनको नेपाली साहित्यमा भएको विशेषताको केही झलक पाइन्छ । तर, शंकर भने 'मैले आफूलाई लेखक कहिल्यै ठानिनँ र परिस्थितिले मलाई लेखक बनाइदियो, (भाग्यको विडम्बना भनेको यही हे क्यारे !) लेखक बन्ने साहस मैले कहिल्यै गर्न सकिनँ । कारण लेखक मेरो नजरमा देवता हो, देवकोटा हो । म त सिर्फ सोखको साधन, एउटा इच्छापूर्ति मात्र गरिरहेको थिएँ । (यो अर्कै कुरा हो, पाठकले मेरो ठट्टालाई साँच्चिकै मानिदियो ।)' भन्दछन्।

साहित्यलाई व्यवयाय नबनाउने शंकरको उद्देश्य र धारणाअनुरुप उनी यसमा सचेष्ट रहे तर २०२५/२६ सालतिर आएर उनको यो धारणा अर्थात् नेपालको आजसम्मको इतिहासमा साहित्य कहिल्यै व्यवसाय हुन सकेन । (चाकडी भएको कुरा छाडिदिनोस् !) तसर्थ मैले यसलाई सोखकै रूपमा अपनाएको छु भन्ने दृढोक्ति ढलपलायो । तर, उनले साहित्यलाई व्यवसाय बनाएर उत्पादन गरेको भए पनि 'गोधूलि संसार' निबन्धसंग्रह र अन्य फुटकर निबन्धहरू उल्लेखनीय रूपमा छन् र नेपाली निबन्धका विशिष्ट रूपमा छन् । 'एब्सट्र्याक्ट चिन्तन प्याज' निबन्धसंग्रहमा मदन पुरस्कार प्राप्‍त गर्न सफल हुने शंकर लामिछाने नेपाली साहित्यको निबन्ध विधाका साँच्चिकै सशक्त र प्रखर हस्ताक्षरका प्रतिभा थिए।

शंकर लामिछाने आफ्ना समकालीन साहित्यकार-निबन्धकारहरूमध्ये नितान्त अलग र विशिष्ट हुनुमा उनको आफ्नोपनको निबन्धगत शैलीले गर्दा नै हो । पाश्‍चात्य साहित्यमा भएको अत्याधुनिक गद्यको विविध प्रयोग अत्यन्त रुचिका साथ पढेर त्यसको पाचनसारलाई नेपाली साहित्यमा निबन्धको गहन विषयका रूपमा, सर्वथा नौलो ढाँचामा (शंकरकै शब्दमा भन्ने हो भने 'युनिक') र साधारण बोलीचालीका भाषामा ओकल्न सक्नु नै शंकरको आफ्नो विशेषता हो र जीवनको आत्मानुभूतिलाई आत्मसात् गर्दै निबन्धलाई आत्मकथाका रूपमा पेस गर्न सक्नु उनको दोस्रो ठूलो विशेषता हो।

यसरी आधुनिक नेपाली साहित्यमा नितान्त अलग ढाँचामा तथा सर्वथा नौलो शैली र सीपमा गद्य लेख्‍ने शंकरका साहित्यिक मान्यतासम्बन्धी उनका धारणाहरू उनकै शब्दमा यहाँ टिप्ने प्रयास गरिएको छ:

१. शब्द र कविता

साहित्यिक मान्यताले नै मेरो काव्यगत मान्यतालाई अँगाले मारेको छ । हुन त मैले मेरो साहित्यिक जीवन प्रकाशित रूपमा गद्यबाट सुरु गरे पनि अरू अप्रकाशित शब्दहरूसँग खेल्न मैले कविताबाट नै सिकेँ।

२. नेपाली साहित्यको गद्य

नेपाली साहित्य ज्यादै कमजोर छ भन्ने चर्चा मित्रमण्डलीमा भयो एक पटक र मैले निश्‍चय गरेँ नै किन बलियो नबनाउने । त्यस्तै एक पटक निबन्धको कमी छ भन्ने चर्चा उठ्यो र म त्यतातिर लागेँ।

nimb
nimb
Ncell 2
Ncell 2

३. साहित्य कसका लागि ?

साहित्यले सेवा गर्नुपर्छ, जनभावना बनाउनुपर्छ र देशको उन्नति गर्नुपर्छ भन्ने नारा - यीउपर मेरो कहिल्यै पनि विश्‍वास हुन सकेन । तपाईँलाई थाहै छ, मेरो साहित्यिक जीवन प्रेमपत्रको लेखनीबाट सुरु भयो, प्रेमपत्र आफ्ना निमित्त लेखेँ, अर्काका निमित्त लेखेँ । आज पनि कुनै नयाँ लेख लेख्‍न एउटा अस्पष्ट अनुहार आँखाका सामु आइरहन्छ- म त्यसैका निमित्त लेख्दछु । त्यो अनुहार मजत्तिकै प्रबुद्ध, अझ मभन्दा बढी प्रबुद्ध हुन्छ र त्यो अनुहारले स्पष्टता लिन बाँकी नैछ । यसै सन्दर्भमा मलाई भन्ने दुस्साहस (?) हुन्छ, म जनताका लागि लेख्दिनँ, किनभने जनताको राजनीतिक अनुहार कमसेकम हुन्छ।

४. साहित्यमा यौन ?

यो प्रश्‍न संसारमा अनेक रूपमा उठेको छ । तर मलाई लाग्दछ, धेरैजसो मानिसहरूले यौनसम्बन्धको गाम्भीर्यलाई बुझेकै छैनन् किनभने यौनमा 'स्वतन्त्रता' शब्द जोडिनुजस्तो मुर्ख्याइँ अरू केही छैन । यौनस्वतन्त्रता भन्नुको शाब्दिक अर्थ हुन जान्छ खुला रूपमा हस्तमैथुन । यौनको प्राप्ति, कमसेकम यौनको चरम सुखको प्राप्ति स्वतन्त्र रूपमा हुन सक्दैन । यसका लागि एक स्वयम् जत्तिकै बुझ्ने, प्रतिक्रिया व्यक्त गर्नसक्ने सहभागी आवश्यक हुन्छ र यी सम्पूर्ण प्रतिक्रियाहरू एक शुद्ध भावनामा लीन भएर गरिने कुरा हुन् । यिनमा न त स्वतन्त्रता छ, न त यिनको चर्चा त्यस सहभागीबाहेक अन्त सम्भव नै छ । साहित्यमा यौन तरकारीमा नुन हालेर स्वाद तिखारेको जस्तो स्वाद तिखार्न प्रयोग गरिने कुरा अर्कै हो, तर यौनमा साहित्यको प्रयोग जसले गरेको छ, त्यसलाई नै यसको मुख्य स्वाद थाहा हुन्छ।

५. जो भला सो भला

नैतिकवादी म हैन, न त अनैतिकवादी नै हुँ । म त एक मनुष्य हुँ जसको सबभन्दा ठूलो गुण उसमा रहेको एकदुईओटा बैगुन नै हुन्छन् । ममा जे अवगुण रहेका छन् तिनका गुणहरूबाट मैले साहित्य सिर्जना गर्न सकेको हुँ र हिन्दीमा भन्ने हो भने जो भला सो भला, बस्!

६. दर्शन, बौद्ध दर्शन र शून्यवाद

म दर्शनलाई आफूले देखेको कुरा मान्दछु । सायद दर्शन शब्दको अर्थ पनि यही हो- दार्शनिक कुराहरू निश्‍चय पनि अर्काले देखेको र व्यक्त गरेको राम्रा कुरा हुन्, तर ती हाम्रा लागि व्यक्तिगत रूपमा शतप्रतिशत ठीक छन् भन्न सकिँदैन, किनभने ईश्‍वरलाई नमान्ने बुद्धलाई नै ईश्‍वर बनाइदिने परम्परा पनि मानवले नै अपनाएका छन् र दर्शनकै कुरा गर्ने हो भने मलाई सबभन्दा मन पर्ने दर्शन बौद्ध दर्शन हो, खास गरी यसको शून्यवाद!

शून्यवाद मेरा निमित्त अझ लक्ष्यवाद नै बनेको छ र मेरो लक्ष्यमा शून्य आइदियो भने छाक अड्कला भन्ने डर हुन्छ । अहिले त म शून्य र लक्ष्यका बीच रोप ट्रिक गरिरहेको छ र मैले स्वयम् आफ्नो दर्शन पैल्याउन सकेको छैन।

७. आत्म र साहित्य

साहित्य जति मानिसको नजिक कुनै वस्तु छैन । धर्म, पाप, यौन, दर्शन आदि यी सब यथार्थ वा अयथार्थ रूपमा मानिसद्वारा नै आंशिक रूपमा परिचालन गरिने कुरा हुन् । साहित्य भने मानिस-समष्टि रूपको स्वच्छ प्रतिविम्ब हो । यसरी यी माथि भनेका सब कुरा साहित्यमा अंग हुन् तर साहित्य कसैको अंग हैन । आत्माको परिभाषा यदि मसँग चाहनुहुन्छ भने म एउटै शब्दमा परिभाषा दिन सक्छु- साहित्य।

८. आधुनिक र प्राचीन साहित्य

ज्ति लेखिने साहित्य हुन् ती आधुनिक र जति लेखिसकिएका छन् ती प्राचीन, जति नपढिएका हुन् ती आधुनिक र जति पढिएका हुन् ती प्राचीन तर पनि प्रत्येक कृतिमा समयले आफ्नो पन्जाछाप छाडेकै हुन्छ । जस्तै अत्याधुनिक भनेर हामीले दाबा गरे पनि ती रचना गरिएका कालभन्दा बढी नवीन हुन सक्दैनन् । रहृयो शैलीको कुरा, शैलीले जबसम्म सामयिक बौद्धिकतालाई उत्प्रेरित गर्न सकदैन तबसम्म यस्ता कृति पढिँदा पनि पढिँदैनन्।

९. साहित्यमा गम्भीरताको प्रश्‍न

साहित्यमा केको गम्भीरता ? म स्वयम् जीवनलाई पनि मैले आजसम्म गम्भीर रूपमा लिएको छैन । बाबु र आमाको आनन्दबाट म जन्मेँ, कैयौँ कीटाणुको आनन्दबाट म मर्नेछु, यहाँ गम्भीरताको ठाउँ नै कहाँ छ र ? र फेरि साहित्यमा मैले गम्भीरता ओगटेँ भने मेरा साहित्य कसले पढिदेला?

१०. कथा र हाइकु शैलीको कविता

एक पटक नेपाली साहितयमा वैज्ञानिक कथा छैनन् भन्ने चर्चा उठ्यो र म त्यता लागेँ र एक पटक फेरि मेरा मित्र ईश्‍वर बरालले भने- नेपाली साहित्यमा भविष्यकालको व्याकरण ओगटी कुनै कथा लेखिएको छैन र मैले लेखिदिएँ- म भोलि जन्मनेछु, एक किसिमले हेर्‍यो भने नेपाली साहित्यको प्वाङ्ग प्वाल मात्रै म टाल्दै छु । कवितामा नयाँ मान्यता ल्याउनका निमित्त नै मैले जापानी हाइकु शैलीको प्रयोग गरेँ, किनभने नेपाली अस्पष्टमै रुमल्लिएको थियो र काव्यमा मेरो धारणाअनुसार अस्पष्टता हुनु हुँदैन।

हाइकु शैलीको एक मात्र ध्येय हो- ५/७/५ अक्षरका तीन पंक्तिमा एक चित्रभावना र एक अभिव्यक्ति । काइमा त्यसको स्फुरण चरमा बिन्दुमा यही नै मान्यता सर्वोपरि हुन जान्छ कि ? यसै निमित्त मैले हाइकुलाई प्रयोग गरेको हुँ । रहृयो काव्यमा या कवितामा बौद्धिक मान्यताहरू प्रदर्शन गर्ने आकांक्षा, त्यसका लागि गद्य नै प्रशस्त बलवान् र सजिलो छ भन्ने सोच्दछु।

(साहित्यिक अनुसन्धाता रेग्मी पछिल्लो समय पुराना पत्रपत्रिकामा छरिएर रहेका शंकर लामिछानेको कथासंग्रह तयार पार्न संकलन र सम्पादनमा जुटिरहेका छन्।)

प्रकाशित मिति: शुक्रबार, असोज २७, २०७४  १०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता
मानवअधिकार आयोगको प्रतिवेदनबारे ओलीले के भने ?
नेतृत्व विवादप्रति राप्रपाभित्र चर्को असन्तुष्टि, एकता र जिम्मेवारीबारे ज्ञानेन्द्र शाहीले उठाए प्रश्न
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता बुधबार, जेठ २०, २०८३
मानवअधिकार आयोगको प्रतिवेदनबारे ओलीले के भने ? बुधबार, जेठ २०, २०८३
नेतृत्व विवादप्रति राप्रपाभित्र चर्को असन्तुष्टि, एकता र जिम्मेवारीबारे ज्ञानेन्द्र शाहीले उठाए प्रश्न बुधबार, जेठ २०, २०८३
सम्पत्ति छानबिन आयोग नमान्ने र बयान पनि नदिने ओलीको घोषणा बुधबार, जेठ २०, २०८३
प्रतिनिधि सभा निर्वाचनपछि कम्युनिस्ट आन्दोलनले ठुलो चुनौती भोगेको पौडेलको भनाइ बुधबार, जेठ २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
करिब ५५ लाख रुपैयाँ लुकाएर मलेसिया जान लागेका एयरलाइन्सका एक कर्मचारी पक्राउ मंगलबार, जेठ १९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मंगलबार, जेठ १९, २०८३
एक खेल अगावै नेपाल एसियन गेम्समा छनोट मंगलबार, जेठ १९, २०८३
रास्वपाले भन्यो : सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनायो मंगलबार, जेठ १९, २०८३
काँग्रेस संसदीय दलका नेता तथा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता मंगलबार, जेठ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्