काठमाडौं– नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव वर्षमान पुन र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, वरिष्ठ नेता बेदुराम भुसाललगायतका नेताहरुबीच छलफल भएको हो ।
दुईपक्षीय भेटमा संसदको अधिवेशन बोलाउन दबाब बढाउने, संयुक्त समाजवादी मोर्चाको निरन्तरतालगायतका विषयमा छलफल भएको नेताहरूले बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।