काठमाडौँ – नेपाल प्रहरीका प्राविधिक समूहतर्फका ४ जना चिकित्सकलाई इन्स्पेक्टरबाट डीएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ।
सिफारिस सूचीको पहिलो नम्बरमा डा. सुष्मा के.सी छिन्।यस्तै दोस्रोमा डा. पूजा खड्का, तेस्रोमा डा. दिपक भिन्दवार र चौथोमा डा. अनुज श्रेष्ठ रहेका छन्।उनीहरू प्रहरी अस्पतालका इन्स्पेक्टर हुन्।
प्राविधिकतर्फको स्वास्थ्य उपसमूह, चिकित्सकतर्फ कार्यरत उनीहरूलाई बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।