काठमाडौं– निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लागानीकर्तालाई ४२ दशमलव ११ प्रतिशत लाभांश दिने भएको छ।
_x000D__x000D_
कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो।
_x000D__x000D_
कम्पनीले १ अर्ब रुपैयाँ चुक्ता पुँजीको २२ दशमलव ११ प्रतिशत (२२ करोड १० लाख ५२ हजार ६ सय ३२ रुपैयाँ बराबर) को नगद लाभांश र २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ।
_x000D__x000D_
उक्त प्रस्तावित लाभांश लगानीकर्ता भने राष्ट्र बैंक र कम्पनीको आगामी साधारणले पारित गरेपछि मात्रै पाउनेछन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।