काठमाडौं- बिहीबार संसद्मा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले सरकारको आलोचनामै धेरै समय खर्चिए। आपराधिक घटना वृद्धि भइरहँदा नियन्त्रण गर्ने कुनै अंग छ/छैन भनेर आक्रोश पोखे। निर्मला हत्या प्रकरण र रौतहटको एसिड काण्डले प्रश्न उठाइरहेको बताउँदै उनले भनेका थिए, 'कोही अहिलेसम्म गिरफ्तार भएको छ कि छैन? रोक्ने कुनै अंग छ कि छैन? भ्रष्टाचार व्याप्त छ। जनताले काम र परिणाम चाहेका छन्।'
_x000D_
_x000D_
नेकपाले केही दिनअघि तोकेको प्रदेशका इन्चार्ज, सहइन्चार्थ तथा अध्यक्ष र सचिवको भागबण्डामा असन्तुष्ट हुँदै आएका नेपालले संसद्मा हिजो दिएको अभिव्यक्तिलाई अर्थपूर्ण तरिकाले हेरिएको छ।
_x000D_
_x000D_
सर्वसमम्म निर्णय हुनुपर्नेमा अन्तिरम विधानलाई कुल्चिएर प्रदेश इन्चार्जहरु तोकिएको नेपाल समूहको ठहर छ।
_x000D_
_x000D_
अफ्रिका भ्रमण सकेर केही दिनअघि मात्रै फर्किएका नेता नेपाल सचिवालयले तोकेको प्रदेश नेतृत्व चयनबारे आफू निकटका नेताहरुसँग निरन्तर परामर्श र छलफलमा छन्।
_x000D_
_x000D_
यसैबीच, आज उनले दिउँसो ३ बजे बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा चियापान कार्यक्रमको आयोजनासमेत गरेका छन्। विधानविपरीत सचिवालयले गरेको निर्णयबारे स्थायी समितिका नेताहरुको धारणा बुझ्न र कसरी अघि बढ्ने विषयमा छलफल गर्न उनले चियापान गर्न लागेको एक नेताले बताए।
_x000D_
_x000D_
_x000D_
_x000D_
प्रदेश नेतृत्व र संसदीय समिति गठनमा एकलौटी निर्णय गरिएको, मुख्यमन्त्रीहरुलाई मापदण्डविपरीत भूमिका दिइएकोमा नेपाल समूह असन्तुष्ट छ। सचिवालको प्रस्तावमाथि स्थायी समितिमा छलफल भई पारित हुनुपर्नेमा एकलौटी निर्णयलाई वैधानिक मान्न नसकिने नेता योगेश भट्टराईले तर्क गरे।
_x000D_
_x000D_
प्रधानमन्त्री केपी ओली अमेरिका भ्रमणबाट फर्किएपछि प्रदेश नेतृत्व टुंग्याउने सल्लाह गरेर अफ्रिका भ्रमणमा गएको नेपाल बताउँदै आएका छन्। तर, उनी नफर्किई एकतर्फी प्रदेश नेतृत्वको निर्णय भएको नेपाल समूहले आरोप लगाएका छन्।
_x000D_
_x000D_
४५ सदस्यीय स्थायी समितिमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पक्षका १३/१३ जना र नेपाल निकटका १२ सदस्य छन्। रामबहादुर थापा पक्षका ४, नारायणकाजी श्रेष्ठनिकट २ जना सदस्य समितिमा अटेका छन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।