इलाम- आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी इलामले उम्मेदवार सिफारिस गरेको छ।
राप्रपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ क्षेत्र नं १ बाट योगराज लामिछाने र क्षेत्र नं २ बाट लालबहादुर डाँगीको नाम सिफारिस गरेको हो।
त्यसैगरी, प्रदेशसभाका लागि क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ इन्द्रकुमार लामा, ऋषिकेश ओझा र समानुपातिकतर्फ सांसद लीलादेवी श्रेष्ठ र गणेशबहादुर चौहानको नाम सिफारिस गरिएको छ।
प्रदेशसभाका लागि क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ नसिव राई र प्रताप चापागाईंलाई उम्मेदवार सिफारिस गरेको छ भने प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारमा डिगबहादुर कोइराला, माया चौहान, जीवन पाण्डे र दामोदर दाहाललाई सिफारिस गरेको राप्रपा जिल्ला अध्यक्ष यामप्रसाद चापागाईंले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।