काठमाडौं– साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचकसँगै कारोबार रकममा गिरावट आएको छ।
_x000D_
_x000D_
नेप्से परिसूचकमा दोहोरो (१० दशमलव ५६) अंकको गिरावट आएर १२ सय ६७ दशमलव १८ को बिन्दुमा आइपुगेको छ। 'क' वर्गका कम्पनी मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलव ४९ अंकले घटेर २ सय ६९ दशमलव २३ को बिन्दुमा आइपुगेको छ।
_x000D_
_x000D_
बिहीबार १ सय ६९ कम्पनीको ५७ करोड ३८ लाख २० हजार ९ सय ६६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। जबकि बुधबार ९१ करोड ४६ लाख ५६ हजार ८ सय ८४ रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो। यसरी हेर्दा बुधबारको तुलनामा बिहीबार कारोबार रकम ३४ करोड रुपैयाँले गिरावट आएको छ।
_x000D_
_x000D_
बिहीबार कारोबारमा आएको होटल समूह र उत्पादन तथा प्रशोधन समूह बाहेकका अन्य सबै समूहमा गिरावट आएको छ। होटल समूह १३ दशमलव ०५ अंकले र उत्पादन तथा प्रशोधन समूह २६ दशमलव ४७ अंकले बढेको छ। यता सर्वाधिक गुमाउनेमा निर्जीवन बिमा समूह अन्तर्गतका लगानीकर्ता रहेका छन्। निर्जीवन बिमा समूहका लगानीकर्ताले ६७ दशमलब ०२ अंकको घाटा व्यहोरेका छन्। त्यस्तै जीवन बिमा समूह २९ दशमलव ०७ अंकले घटेको छ।
_x000D_
_x000D_
बिहीबार नेसनल हाइड्रो पावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८ रुपैयाँले बढेर ८९ रुपैयाँमा कारोबार रोकिएको छ। त्यस्तै बोटलर नेपाल तराइका लगानीकर्तालाई प्रतिकित्ता २ सय ७२ रुपैयाँ नाफा हात लागेको छ।
_x000D_
_x000D_
लगानी गुमाउनेमा भने हिमालयन पावर पार्टनरका लगानीकर्ता रहेका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६ रुपैयाँले घटेको छ।
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।