काठमाडौं– संघीय संसदको दोस्रो अधिवेशन बिहीबार राति १२ बजेदेखि अन्त्य हुने भएको छ। गत बैशाख २३ देखि सुरु भएको चालु अधिवेशन अन्त्य भएको राष्ट्रपतिको पत्र सभामुख कृष्णबहादुर महराले बिहीबारको प्रतिनिधिसभाको बैठकमा पढेर सुनाएका थिए।
_x000D_
_x000D_
यसबीचमा १ सय ३५ दिनमा ७९ पटक बैठक बसी १ सय ९३ घण्टा २५ मिनेट काम कारबाहीमा बिताएको सभामुख महराले जानकारी दियो। यसबीच बसेको बैठकमा मौलिक हकसम्बन्धी १६ विधेयकसहित १८ विधेयक पारित भएका छन्। संसदले महिला हिंसा सम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ।
_x000D_
_x000D_
यो अवधिमा ४ पटक प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बसेको थियो। यसका लागि ६ घण्टा ५० मिनेट समय व्यतित भएको थियो।
_x000D_
_x000D_
यस अवधिमा संसदले आफ्ना नियमावली बनाउने, नीति तथा कार्यक्रम पारित गर्ने, बजेट पारित गर्ने लगायतका काम गरेको थियो।
_x000D_
_x000D_
यसबीचमा २६ वटा सरकारी विधेयक दर्ता भएका थिए। त्यसमध्ये ६ वटा विधेयक समितिमा विचाराधिन रहेको र १८ वटा पारित भएको सभामुख महराले जानकारी दिए।
_x000D_
_x000D_
यसबीच संसदमा प्रत्यक्ष प्रश्नोत्तरको अभ्यास पनि सुरु भएको थियो। '२०७५ भदौ १८ गतेबाट प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम प्रश्नोत्तरको कार्यक्रम सुरु भई सोही दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर समेत सम्बन्धित मन्त्रीबाट लिइएको थियो', सभामुख महराले भने।
_x000D_
_x000D_
सदनका विभिन्न बैठकमा प्रधानमन्त्रीले ६ पटक, गृहमन्त्रीले तीनपटक, परराष्ट्रमन्त्री र पटक, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीले दुई पटक, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले एक पटक, सांस्कृतिक, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीले दुई पटक सार्वजनिक महत्त्वको विषयमा वक्तव्य दिएका थिए।
_x000D_
_x000D_
त्यस्तै, राष्ट्रियसभाको बैशाख २३ देखि असोज ११ सम्म १ सय ३५ दिनमध्ये ५२ दिन बैठक बस्यो। ५२ दिनमा ६५ वटा बैठक बसेका थिए। यसबीच ८९ घण्टा २० मिनेट संसदीय कामकारबाहीमा समय बिताएको सभाध्यक्ष गणेश तिमल्सिनाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।