काठमाडौं– नवलपरासी पूर्वमा चौधरी ग्रुपले निर्माण गरेको शाश्वतधामलाई नेपाल पर्यटन बोर्डले ‘आधुनिक पर्यटन गन्तव्य’को अवार्डबाट सम्मान गरेको छ।
_x000D__x000D_
३९औं विश्व पर्यटन दिवसका अवसरमा पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले शाश्वतधामलाई प्रमाण पत्रसहित समान गरेका हुन्।
_x000D__x000D_
शाश्वतधाममा नेपालका अतिरिक्त भारतीय पर्यटकहरूको समेत घुइँचो लाग्ने गरेको छ। नेपाल भ्रमणमा आउने विश्वका पर्यटकहरूले समेत पछिल्लो समय शाश्वतधामलाई आफ्नो गन्तव्य बनाउँदै आएका छन्।
_x000D__x000D_
_x000D__x000D_
शाश्वतधाम धार्मिक पर्यटकीय केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। हाल यहाँ प्रतिमहिना डेढ लाखसम्म पर्यटकहरू आउने गरेका छन्। हिन्दू धर्मावलम्बीहरूको विशेष चाडपर्वहरूमा यहाँ घुँइचो लाग्ने गरेको छ।
_x000D__x000D_
शाश्वतधाममा एकाम्बरेश्वर महादेवको मन्दिर, नेपाली सांस्कृतिक, हिन्दू र बौद्ध संग्रहालय, गुरूकुललगायत रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।