काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण पर्यटन उद्योगमा सबैभन्दा बढी कर तिर्ने कम्पनी बनेको छ।
_x000D__x000D_
प्राधिकरणलाई पर्यटन उद्योगमा सबैभन्दा बढी कर तिरेको भन्दै नेपाल पर्यटन बोर्डले सम्मान गरेको छ। बोर्डले ३९औं विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रममा प्राधिकरणलाई सम्मान गरेको हो।
_x000D__x000D_
प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र सचिव कृष्ण देवकोटाको हातबाट सम्मान लिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।