काठमाडौं– १९ वर्षमुनिको महिला विश्वकपका लागि जारी एसिया क्वालिफायरमा यूएईले नेपाललाई ८४ रनको लक्ष्य दिएको छ।
टस जित्दै पहिला ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८३ रन मात्र बनायो।
यो अन्तिम खेल हो। आज जित्नैपर्ने दबाब छ। रनरेटमा यूएई अघि भएका कारण नेपालले विश्वकपमा क्वालिफाइ हुनका लागि १६ दशमलव २ ओभरमा उक्त लक्ष्य भेट्टाउनुपर्ने छ।
युएईका लागि समाइरा धर्निधर्कले सर्वाधिक ३१ रन बनाइन् । बलिङमा नेपालीका कृष्मा गुरुङ ४, सीमा केसी र रिया शर्माले २–२, र रचनाकुमारी चौधरीले एक विकेट लिए ।
५ खेलमा शत प्रतिशत जित निकाल्दै यूएई शीर्ष र ४ खेलमा जित र एक हारसहित नेपाल दोस्रो स्थानमा छन् । पहिलो स्थानमा रहने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।