कोलम्बो- श्रीलंकाको एउटा कपडा उद्योगमा काम गर्ने सय जनाभन्दा बढी मजदुरहरु विषाक्ता खाना खाँदा बिरामी भएका छन्।
उनीहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको प्रहरी अधिकारीहरुले जानकारी दिए। कान्डीमा उद्योगले उपलब्ध गराएको बिहिबार बिहानको खाजा खाएपछि मजदुरहरु एकएक धमाधम बिरामी हुन थालेका थिए।
खाजा खानेवित्तिकै आफुहरुलाई पेट दुख्ने, असजिलो महसुस हुने, बान्ता हुने लगायतका समस्याहरु देखा परेको उनीहरुले बताएका छन्। विरामी भएपछि उपचारका लागि उनीहरुलाई तत्काल कान्डी जनरल अस्पतालमा लगिएको थियो।
घटनाका बारेमा थप अनुसन्धन भईरहेको प्रहरीको भनाइ छ। एक महिनाभित्र यो दोस्रो घटना हो। झन्डै दुई सय जना मजदुर कार्यरत अर्को कपडा उद्योगमा पनि गत अक्टोबर ४ मा यस्तै घटना भएको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।