• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
बाढी-पहिरो प्रभावितका पीडाः न बासको ठेगान छ, न गाँसको
64x64
नेपाल लाइभ शनिबार, असोज १९, २०८१  १०:४४
1140x725

कमलामाई- पाँच जनाको परिवार खुसी थियो। दशैँ मनाउन खर्च जुटाइसकेका थिए। तर दशैँ आउनुअघि दशा बनेर आयो बाढी-पहिरो। बाढीले धान खेत बगर बनायो। घरमा भएका सामान केही निकाल्न पाएनन्। पहिरोले घर ध्वस्त पार्‍यो।

बाढीपहिरोले घरखेत सखाप पारेर सुकुम्बासी बनाए पनि परिश्रम गरेर पुरानै लयमा फर्किने हिम्मत जुटाउँथे। पहिरोले बुढेसकालको साहारा लुट्यो। घर माथिबाट झरेको पहिरोले घर थिच्यो। घरले विनय कोइरालालाई किच्यो। 

बचाऊ! बचाऊ! भनेर छोरोले हारगुहार गरेको आवाज बोधकुमार कोइराला र बिन्दा कार्कीको कानमा अहिले पनि तरङ्गिरहन्छ। हाँसिरहने छोरो आँखा अगाडि छाया बनेर नाचिरहन्छ। छायामा छोरोलाई छुन खोज्दा पाउँदैनन्। झर्छन् आँशु, भक्कानो फुट्छ।

यो कथामात्रै होइन, वास्तविक यथार्थ हो, सिन्धुलीको सुनकोसी गाउँपालिका–१ नेपालथोकका कोइराला परिवारको। यतिबेला यो परिवार शोकमा डुबेका छ। “माथ्लो घरले लगाएको पर्खाल खसेर मेरो घर ढल्यो, घरले थिचेर छोरोको ज्यान गयो”, आमा बिन्दाले भक्कानिँदै दुःखेसो गरिन्, “हामीले तत्काल निकाल्न सकेनौँ। प्रहरीले २४ घण्टापछि निकाल्दा शरीर गन्हाउन थालिसकेको थियो।”

बिन्दा र बोधकुमारका दुई छोरा थिए। जेठो सन्तान १२ वर्षीय विनयको १२ असोजमा पहिरोका कारण मृत्यु भयो। ज्वालादेवी सेकेन्डरी स्कुलमा कक्षा ६ मा पढ्दै गरेका विनय बितेपछि बिन्दा र बोधकुमारका काखमा कान्छो सन्तान विजय छन्। दुवैको काँधमा १० वर्षे विजयको पढाइ र कपाल सेतै फुलेकी आमाको पालनपोषणको जिम्मेवारी छ। 

साढे तीन रोपनीमा लगाएको धान थन्क्याउने बेला भएको थियो। बाढीले सबै धानबाली सखाप बनाएको छ। गाईसहित गोठमा भएका पशुवस्तु पुरिए। दुई आनामा ढुङ्गामाटोले बनाएको घरगोठसहितको जग्गा पहिरोले प्रयोग नै गर्न नमिल्ने गराएको छ। यतिबेला यो परिवारको न बस्ने बाँसको ठेगान छ, न छ खाने गाँसको। 

“एउटा छोरो दैवले लगे पनि चार जना बाँचेका छौँ। खान त बनिबुतो गरेर खाउँला। बस्ने बासको व्यवस्था गरिदिएहुन्थ्यो”, बोधकुमारले भने। बाढी, पहिरोले घरगोठ रित्याएर विस्थापित भएका कोइराला परिवार हाल एक स्थानीयकै घरमा आश्रय लिएर बसेका छन्। 

यही असोज १० र ११ गते परेको मुसलधारे वर्षाका कारण आएको बाढी, पहिरोमा परेर जिल्लामा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार एक जनाको बाढीमा र दुई जनाको पहिरोमा परेर मृत्यु भएको हो। मृत्यु हुनेमा कमलामाई नगरपालिका–९ भिमानका ४६ वर्षीय कृष्णबहादुर बोगटी, सुनकोसी गाउँपालिका–१ नेपालथोकका १२ वर्षीय विनय कोइराला र सुनकोसी–२ गोख्रेनीका ४५ वर्षीय गणेश गुर्मछाने छन्। 

सिन्धुलीमा भौतिक क्षतिको अवस्था भयानक छ। सुनकोसी–१ नेपालथोक, दुम्जामा भुपाल घिसिङले दुई वर्षअघि नमुना पेट्रोलपम्पको अवधारणमा रु २० करोड लगानी गरेर सञ्चालनमा ल्याएको नमोबुद्ध आयलस्टोर बाढीले बगायो। पाँच रोपनीमा पेट्रोल व्यवसाय सुरु गरेको एक दशक बिते पनि लगानी थप गरेर नमुना बनाएको दुई वर्ष बितेको थियो। 

“जापानमा १२ वर्ष बगाएको पसिनाको पौरख शुक्रबार र शनिबार रोशी खोलामा आएको बाढीले बालुवामा मिलाइदियो। नगद पैसा पनि निकाल्न पाइनन्। अघिल्लो दिन मात्रै तेल लोड गरेको थिएँ। त्यो तेलको तीन वटा टयाङ्की, चार वटा मेसिनसहित आयलस्टोर, अफिस कोठा, शौचालय, क्याफे केही बाँकी राखेन, सबै बगायो”, व्यवसायी घिसिङले भक्कानिँदै पीडा सुनाए।

सुनकोशी गाउँपालिका–२ रम्तेल टोलीकी सीता सार्कीको यतिबेला रुबाबासी छ। वडा सदस्यसमेत रहेकी सीताको टोल नै पहिरोको जोखिममा छ। घर माथि र आँगन तलबाट पहिरो खसिरहेको छ। केही घरमा क्षति भइसकेको छ। “यो विपद्को बेलामा म एक्लै छु। दुई छोराबुहारी काठमाडौँ छन्। बिहे गरेर दिएका छोरी आफ्नै घर छन्। आफू बसेको गाउँ नै पहिरोको चपेटामा छ। सुनकोशी नदीतिरको बस्ती बाढीले डुबाएको छ। अब म सुरक्षितसँग बस्न कहाँ जानु?”, पहिरो प्रभावित सीता सार्कीले दुःखेसो गरे।

ठाउँठाउँमा खसेको पहिरो, खोला, खहरे र नदीमा आएको बाढीले गाउँबस्ती, बजार, होटल तथा रिसोर्ट, सडक, विद्यालय भवन, विद्युत् आयोजना, खानेपानीका आयोजना, ठूलासाना पक्की तथा झोलुङ्गे पुललगायत सरकारी वा गैरसरकारी भवनमा हानी गरेको छ। बस्दै आएको घर भत्काउँदा तथा बगाउँदा बाढी, पहिरो प्रभावित विचल्लित भएका छन्।  

फिक्कल गाउँपालिकामा मात्रै तीन सय छ घरपरिवार बाढी, पहिरोका कारण प्रभावित छन्। उपाध्यक्ष राजु बरालका अनुसार पहिरोका कारण वडा नं ३ पोखरीमा ६० घर, वडा नं २ खोलागाउँमा २९ घर, वडा नं ४ खाङ्साङमा ६२ घर, वडा नं. ५ सोल्पाठानामा ७५ घर, वडा नं ६ रत्नावतीमा ७९ र वडा नं १ महादेवडाँडामा एक घरपरिवार पहिरोबाट प्रभावित छन्।

छ सय ४६ रोपनीमा किसानले लगाएको धानबालीमा क्षति छ। एक सय २० रोपनी खेतीयोग्य जमिन कटान भएको छ। पाँच सय २६ रोपनी जमिन पुरिएको छ। बाढीले कृषि तथा पशुपक्षीका पाँच वटा फर्म, सात वटा फलफूल बगैँचा बगाएको छ। बाढी, पहिरोले ५० वटा विद्युत्का खम्बामा क्षति गरेपछि असोज ११ गतेदेखि विद्युत् अवरुद्ध छ। विद्युत् अवरुद्ध हुँदा फिक्कल गाउँपालिकामा आठ हजार नागरिक एक सातादेखि अँध्यारोमा बस्न बाध्य छन्।

सुनकोशी नदीमा आएको बाढीले फिक्कलका पाँच वटा झोलुङ्गे पुलमा क्षति गर्दा ओखलढुङ्गासँगको सीधा सम्पर्क टुटेको छ। सुनकोसी नदीबाट लिफ्टिङ गरी खानेपानी तान्ने १५ वटा मोटर बगाउँदा पिउने पानीको समस्या भएको छ।

सुनकोशी र गोलञ्जोरमा बाढी, पहिरोले गरेको क्षति विवरण सङ्कलन भइरहेको छ। सुनकोसी गाउँपालिका उपाध्यक्ष कपिलकुमार कोइरालाका अनुसार पालिका र प्रहरीले क्षति विवरण सङ्कलन गरिरहेका छन्। हालसम्म सुनकोसी गढ्तीर क्षेत्र र आसपासमा बसोबास गरिरहेका दुई सय छ घरपरिवार बाढी, पहिरोका कारण विस्तापित भएको विवरण सङ्कलन भएको छ। घर पूर्ण रुपमा क्षति हुनुका साथै धानबाली भएको खेत बाढी, पहिरोले सखाप बनाएपछि विस्थापित भएका हुन्। यहाँ पनि खानेपानीको चरम समस्या छ। 

सुनकोशी गाउँपालिका–५ मुल्कोट बजार क्षेत्रका मात्रै चार वटा रिसोर्ट, ३५ वटा होटललगायत विद्यालयको भवन र घरको पहिलो तल्ला बाढीको बालुवा माटोले पुरिएको स्थानीय व्यवसायी पुर्छमान श्रेष्ठले बताए। उनका अनुसार नदी किनारका अधिकांश संरचनाहरु बाढीले कटान गरेर बगाएको छ। 

यता, गोलञ्जोर गाउँपालिका–७ खुर्कोट बजार क्षेत्रको अवस्था पनि उस्तै छ। गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने (पुकार) का अनुसार यहाँ मात्रै ३५ घरका ६० परिवार विस्थापित भएका छन्। बाढीले विस्थापित भएका परिवार बजार क्षेत्रमा व्यापार, व्यवसाय गरेर बसेका थिए। 

सुनकोशी नदीमा आएको बाढीले गोलञ्जोर–६ मा ११ वटा घर पूर्ण रुपमा क्षति भएको वडाध्यक्ष रविनकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार वडा कार्यालयको दुई वटा भवन, विद्यालयको भवन, र्‍याफ्टिङसहित सरकारी भवन १४ वटा, तीन वटा मन्दिर र दुई वटा पार्टीमा क्षति भएको छ। हैवारदेखि बलेनीसम्मको लिफ्टिङ खानेपानीको नौ वटा इनार बगाउँदा तीन सय घरधुरीलाई खानेपानीको समस्या भएको छ। 

-रासस

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १०:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुलिङ पिरियडमा गडबडी : छानबिन समितिको बैठक जारी
रेमिट्यान्स आप्रवाहमा अर्को रेकर्ड, भित्रियो १५ खर्ब ३२ अर्ब
चिकित्सकहरुको आन्दोलन : मंगलबार पनि देशभर आकस्मिक बाहेकको सेवा ठप्प
सम्बन्धित सामग्री
आज मोहर्रम पर्व मनाइँदै मुसलमान समुदायका व्यक्तिहरूले पर्वका अवसरमा आफ्नो गच्छेअनुसारका ताजिया घरमा स्थापना गरेका छन्। मुस्लिम धर्मका प्रवर्तक हजरत मोहम्मदक... आइतबार, असार २२, २०८२
झोलुङ्गे पुलले छोटियो यात्रा दुई वडाका गाउँ जोड्नका लागि पुलले निकै सहज बनाएको छ। रुरुक्षेत्र गाउँपालिका–१ र २ अन्तर्गत थोर्गा तथा ग्वादीको बीचमा झोलुङ्गे पुल नि... मंगलबार, असार १७, २०८२
जनकपुरमा क्यान्सर पहिचान अभियानमा विनयतारा र पूर्व राजदूत डेलिसी नेतृत्वको इन्गेज नेपाल शिविरकै अवसरमा तीनवटा तालिम कार्यक्रम पनि सञ्चालन गरिएको थियो। उच्च रक्तचाप : रोकथाम र परीक्षण,  अष्टोमी हेरचाहसम्बन्धी जनचेतना र स्... सोमबार, असार १६, २०८२
ताजा समाचारसबै
कुलिङ पिरियडमा गडबडी : छानबिन समितिको बैठक जारी मंगलबार, असार २४, २०८२
रेमिट्यान्स आप्रवाहमा अर्को रेकर्ड, भित्रियो १५ खर्ब ३२ अर्ब मंगलबार, असार २४, २०८२
चिकित्सकहरुको आन्दोलन : मंगलबार पनि देशभर आकस्मिक बाहेकको सेवा ठप्प मंगलबार, असार २४, २०८२
प्रधानमन्त्रीद्वारा अत्यावश्यकबाहेक निर्धारित कार्यक्रमहरू स्थगित, आपतकालीन सहायतामा केन्द्रित मंगलबार, असार २४, २०८२
रसुवामा बाढीः यस्तो छ बेपत्ता भएका १८ जनाको नामावली मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्