काठमाडौँ- दशैँका लागि अग्रिम टिकट बुकिङ १२ गतेदेखि खुला गरिने भएको छ। यातायात विभागसँगको छलफलबाट दशैँका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुला गरिने निर्णय भएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले बताए।
उनले भने, ‘दशैँको अग्रिम टिकट बुकिङ आगामी १२ गतेदेखि खुला गर्ने आजको छलफलमा निर्णय भएको छ।
यसअघि दशैँका लागि अग्रिम टिकट खुलाउने विषयमा छलफल भए पनि सरकार र यातायात व्यवसायीबीच ठोस सहमति जुट्न सकेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।