काठमाडौं- सरकारले दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सम्पत्ति र दायित्व मूल्यांकन (ड्यू डेलिजेन्स अडिट– डिडिए) का लागि अन्तर्राष्ट्रिय परामर्शदातासँग प्रस्ताव आह्वान गरेको छ।
_x000D_
_x000D_
डिडिएका लागि यसअघि दुई पटकसम्म स्वदेशी परामर्शदाता छनोटको आह्वान गर्दा एउटै कम्पनीले पनि आवेदन नदिएपछि ठूला करदाता कार्यालयले अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान गरेको कार्यालयका प्रमुख कर अधिकृत षडानन्द गुरुङले जानकारी दिए।
_x000D_
_x000D_
करिब तीन वर्षअघि अधिकांश हिस्सा सेयर हस्तान्तरण हुँदा लाग्ने पुँजीगत लाभकरमा विवाद आएपछि कार्यालयले एनसेलको कारोबार भएको बखतको सम्पत्ति र दायित्व मूल्यांकनका लागि प्रक्रिया अघि बढाएको थियो।
_x000D_
_x000D_
पछिल्लो पटक करदाता कार्यालयले ६५ अर्ब पुँजीगत लाभकर बुझाउनुपर्ने दाबी गरेको थियो। यो रकम बिक्रेता कम्पनी टेलियासोनेराका नाममा निर्धारण गरिएको हो। उक्त कम्पनीले हालसम्म लाभकर मात्रै करिब २५ अर्ब रुपैयाँ सरकारलाई तिरेको छ। तर सर्वोच्च अदालतमा मुद्दा विचाराधीन हुँदा उक्त लाभकर असुल गर्ने प्रक्रिया रोकिएको छ।
_x000D_
_x000D_
डिडिएका लागि यसअघि साउनको पहिलो साता राष्ट्रिय रुपमा प्रस्ताव आह्वान गरिएको थियो। १५ दिने अवधि राखेर प्रस्तावपत्र आह्वान गर्दा एउटै पनि आवेदन प्राप्त भएनन्। त्यसपछि कार्यालयले दोस्रो पटक पनि प्रस्तावपत्र आह्वान गरेको थियो। त्यसको अवधि पनि गत १९ भदौमा सकिएको थियो।
_x000D_
_x000D_
दुई पटकसम्म राष्ट्रिय रुपमा कुनै प्रस्ताव नआएपछि कार्यालयले अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान गरेको हो।
_x000D_
_x000D_
लामो समय बितिसक्दा पनि लाभकर असुल हुन नसकेपछि सरकारले नयाँ प्रक्रियाको थालनी गरेको हो। डिडिए गरिसकेपछि त्यसबाट आउने मूल्यमा कर लगाउने तयारी सरकारको छ।
_x000D_
_x000D_
स्वीडिस कम्पनीले टेलियासोनेराले २०७२ मा १ खर्ब ४४ अर्ब रुपैयाँमा आफ्नो स्वामित्वमा रहेको सबै सेयर आजियाटा कम्पनीलाई बिक्री गरेको घोषणा गरेको थियो।
_x000D_
_x000D_
एनसेलको लाभकर सम्बन्धी मुद्दा भने फैसलाको चरणमा अदालतमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।