काठमाडौं– वीरगञ्जका पूर्वमेयर एवं राप्रपाका केन्द्रीय सदस्य प्रदीप सुवेदी संघीय समाजवादी फोरममा प्रवेश गरेका छन्।
काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सुवेदीसँगै पूर्व वरिष्ठ अधिकृत शम्भुप्रसाद गुप्ता, चाँदनी भट्टराई लगायतका नेता–कार्यकर्ता पनि संघीय समाजवादी फोरममा प्रवेश गरेका छन्।
कार्यक्रममा अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईले टीका लगाएर उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए।
दुई दशकभन्दा बढी समयदेखि वीरगन्जको राजनीतिमा सक्रिय सुवेदीले शोषण र विभेदलाई अन्त्य गरेर वास्तवित राष्ट्रिय एकता गर्ने संघीय समाजवादीको सोचका कारण आफू यो पार्टीमा प्रवेश गरेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।