complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

कलाकार नभएको भए आर्मी बन्थेँ : आर्यन सिग्देल

64x64
नेपाल लाइभ शुक्रबार, असोज २७, २०७४  ०५:२९
1140x725

नेपाली फिल्म क्षेत्रमा ‘चकलेटी नायक’ को उपमा पाएका आर्यन सिग्देल अनपेक्षित रूपमा आफू कलाकारितामा आएको मान्छन् । साथीको उक्साहटमा अभिनयमा कदम हालेका उनी अन्ततः यही क्षेत्रमा रमाए र समय क्रममा स्थापित भए।

‘फिल्ममा नआएको भए सायद आर्मी वा लोकसेवा लडेर सरकारी जागिरे हुन्थेँ होला’, आर्यन भन्छन् । उनै आर्यन करिब ७ वर्षपछि अभिनेत्री रेखा थापासँग ‘रुद्रप्रिया’ मा देखिँदै छन् । ‘कसले चोर्‍यो मेरो मन’ पछि एकसाथ देखिन लागेको यो जोडीको फिल्म कात्तिक २ गते रिलिज हुँदै छ ।

आर्यनको फिल्मी करिअरको सन्दर्भमा नेपाल लाइभले गरेको कुराकानीः

थानकोटको हरिश कसरी फिल्ममा आर्यन बने?

म कहिल्यै कुनै कुरा योजना बनाएर गर्दिनँ । अभिनयमा पनि म योजना बनाएर छिरेको होइन । म जे कुरा अगाडि आउँछ, त्यो गर्ने मानिस हुँ । अभिनयमा प्रवेश त्यस्तै किसिमले भयो । कलेज पढ्दा निराजन सिग्देल भन्ने साथी थियो । उसले मलाई ‘तँ राम्रो नि छस्, गर्न सक्छस्’ भनेर परिवर्तन नेपाल जान कर नगरेको भए आज म अन्तै अरु नै केही गर्दै हुन्थेँ होला । कलेजमा पहिलो वर्ष सकिएपछि केही समय ग्याप भएको बेला साथीले रमाइलो हुन्छ भनेपछि म उद्देश्य बिना गएको थिएँ । त्यहाँबाट सुरू भएको नाच्ने तथा सडक नाटकको यात्रा यहाँसम्म आइपुगेर दर्शकको मायाले आर्यन बन्न सफल भएको हुँ।

त्यतिखेर जीवनको लक्ष्य केही थियो?

कलेज पढ्दै गर्दा मसँग कुनै लक्ष्य थिएन । म काँठ क्षेत्रको मान्छे । काँठको धेरैजसो मान्छेको उद्देश्य पढेर सरकारी जागिर खाने नै हुन्थ्यो । तर, त्यो बेला विद्यार्थी भएकाले कुनै लक्ष्य नसोची पढिरहेको थिएँ । म आर्मी कलेज पढेकाले आर्मीमा जान सक्थेँ।

अभिनेता हुनु भनेको के रहेछ?

Ncell 2
Ncell 2
nimb
nimb

म अनपेक्षित रूपमा अभिनेता बनेको हुँ । यो क्षेत्रमा आएपछि भने कुनै एउटा समूहको जिम्मा लिनु रहेछ । अर्थात् मासको सिम्बोल बनिने रहेछ । समग्रमा अभिनेता हुनु भनेको मासलाई मनोरञ्जन दिएर खुसी तुल्याउने काम रहेछ।

अभिनय यात्राले व्यक्तिगत रुपमा आर्यनमा के परिवर्तन ल्यायो र के सिकायो?

थानकोटबाट यहाँ आउँदा हरिश सिग्देल भन्ने व्यक्ति अझै पनि मभित्र जस्ताको तस्तै छ । अभिनयले मलाई व्यक्तिका रूपमा खास परिवर्तन गरेको छैन । पहिला पनि म एक्लै बस्न रूचाउँथे, अहिले पनि त्यस्तै छु । काम नभएको बेला घरमै बस्न रुचाउँछु । पहिला पनि मास फेस गर्नुपर्दा नर्भस हुन्थेँ, अहिले पनि हुन्छु।

फिल्ममा आउनुअघि यस क्षेत्रप्रतिको धारणा के थियो?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपाली फिल्म नियमित हेर्थेँ । त्यो बेला थानकोटमा पनि हल थियो । शनिबार बुवाको फुर्सद हुने भएकाले ‘आउटिङ’ जाने भएपछि नयाँ फिल्म लागेको छ भने पहिलो रोजाइमा फिल्म नै हेरिन्थ्यो । त्यहाँ छैन भने म विश्वज्योति हल पुगेर पनि फिल्म हेर्थेँ । त्यतिबेला म नितान्त दर्शक थिएँ, फिल्म खेल्छु भनेर मनको कुनै कुनामा पनि थिएन । तर, फिल्म हेरेर फर्केपछि कोठा बन्द गरेर फिल्ममा बाल कलाकार रहेछ भने त्यसको र डान्सको दुई–चार स्टेपको नक्कल गर्थेँ।

पहिले परिवारबाट एक थोपा पनि साथ थिएन । २-३ वटा फिल्म रिलिज भएपछि र हिट भएपछि मात्र ड्याडीले एप्रिसिएट गर्न थाल्नुभयो । त्यसअघि चाहिँ आवारा भएर हिँड्यो भन्ने गाली सुन्नुपर्थ्यो।

डेब्यू फिल्म ‘किस्मत’ मा काम गर्न कसरी जुर्‍यो?

फिचर फिल्ममा काम गर्नुअघि म भिडियो सिरियल गर्थेँ । त्यस क्रममा नेपाली फिल्मको खस्किँदो स्तरले दिक्क लाग्थ्यो । सिरियलहरूमा काम गरिरहँदा फिल्म गर्दिनँ भन्ने नै सोच थियो सबैला त्यसै भन्थेँ । ‘हाउसफूल’ सिरियल गरिरहँदा अभिनेत्री ऋचा घिमिरेलाई छवि ओझाले त्यो केटा कस्तो रहेछ भनेर सोध्नुभएको रहेछ । पहिलो प्रस्ताव ‘किस्मत’का लागि भन्दा पनि त्यसअघि बनेको ‘हिम्मत’को लागि थियो । मैले मेरो सिरियलका सिडीहरू छोडिदिएको थिएँ । ‘हिम्मत’मा काम नभएपछि सिरियलमै व्यस्त भएँ । पछि फेरि छवि सरले फोन गरेर डाइरेक्टरसँग आएर भेटिहाल भन्नुभयो।

मलाई त्यो समयमा निर्देशक उज्ज्वल घिमिरेको पनि फोन आयो । उहाँले ‘ल बाबु मेरो घर आऊ, मेरो फिल्म गर्नुपर्‍यो । छविले नयाँ केटा खोज्या छ रे, म पहिला तिम्रो कुरा गर्छु’ भन्नुभयो । म त्यतिखेर ‘खुसी पलभरको’ गरिरहेको थिएँ, त्यसमा मेरो नाम आर्यन सिग्देल थियो । छवि सरलाई दिएको ‘हाउसफूल’को सिडीमा भने हरिश सिग्देल थियो । म उज्वल सरकोमा जाँदा उहाँले छविले हरिश भन्ने केटा खोजेको छ रे भन्नुभयो । मैले हरिश भन्ने मान्छे पनि म नै हो भनेँ ।  यसरी दुवैको रोजाइमा परेपछि ‘किस्मत’ मेरो डेब्यू फिल्म बन्यो।

नाम किन परिवर्तन गर्नुभयो?

बाहिरतिर पनि त्यस्तै देखिरहेकाले त्यसबेला लहड चल्यो । अनि यो हरिशभन्दा आर्यन नाममा वजन र ग्ल्यामर पनि देखेँ । आर्य आर्य भन्दाभन्दै आर्यन नाम दिमागमा बस्यो । त्यही भएर यहीँ नाम राखेँ।

रेखा थापासँग पहिलो भेट कहिले र कसरी भयो?

फिल्म गर्ने भएपछि प्रोडक्सनबाट ड्रेसको लागि अफिस आऊ भनियो । म जाँदा रेखा त्यहीँ थिइन् । छवि सरले उहाँ रेखाजी भनेर चिनाउनुभयो । मैले चिन्छु भनेँ । त्यो बेला मसँग अलिकति ‘एटिट्युड’ थियो । मैले रेखालाई पहिलो भेटमै सहजै तिमी भनिदिएँ । सुरूमै तिमी भनेपछि रेखा त्यसबेला ट्वाँ परिन् । पहिलो भेट भए पनि मलाई सेलुलोइड फिल्मको त्यति महत्व नभएर त्यसरी बोलेको थिएँ । यो कुरा रेखाले मलाई पछि भनिन् । त्यहीँदेखि हामी राम्रो साथी बन्यौं।

फिल्ममा मेरो भूमिका गजब छ भन्ने कुराले अर्थ राख्दैन, बरु फिल्मको पहिलो दृश्यदेखि अन्तिम दृश्यसम्म हुने कुरा र कस्ता पात्रले के गर्छन् भन्ने कुरा ठूलो लाग्छ।

फिल्म गर्न लाग्दा परिवारको प्रतिक्रिया के थियो?

परिवारबाट एक थोपा पनि साथ थिएन । २/३ वटा फिल्म रिलिज भएपछि र हिट भएपछि मात्र ड्याडीले एप्रिसिएट गर्न थाल्नुभयो । त्यसअघि चाहिँ ‘काम न काज खाली आवारा भएर हिँडेको छ’ भनेर गाली सुन्नुपर्थ्यो । सुटिङका कारण कहिले हप्ता त कहिले महिनासम्म घर बाहिर हुन्थेँ । अहिले भने खुसी हुनुहुन्छ।

फिल्ममा काम गर्न थालेको एक दशक हुन लाग्दा कत्तिको सन्तुष्ट हुनुहुन्छ?

सन्तुष्ट छु । म फिल्ममा काम गर्न सुरु गर्दा हाम्रो इन्डस्ट्री राम्रो होस् भन्ने थियो, जुन पहिलेको तुलनामा धेरै राम्रो भएको छ । मलाई कुनै यस्तो वा त्यस्तो चरित्र गर्न पाए हुन्थ्यो भन्ने छैन । बनेको फिल्म समग्रमा राम्रो हुनुपर्छ भन्ने मेरो मान्यता र बुझाइ हो । मैले फिल्म गर्दा फिल्मको स्क्रिप्ट माग्यो र नदिएपछि छोड्यो भन्ने आरोप ममाथि लाग्थ्यो । मेरो लागि फिल्ममा मेरो भूमिका गजब छ भन्ने कुराले अर्थ राख्दैन, बरु फिल्मको पहिलो दृश्यदेखि अन्तिम दृश्यसम्म हुने कुरा र कस्ता पात्रले के गर्छन् भन्ने कुरा ठूलो लाग्छ । तिनै चिज हेरेर फिल्म गरेकाले म आफ्नो कामबाट सन्तुष्ट छु।

अहिलेसम्म गरेका फिल्ममध्ये चित्त बुझेका पाँच वटाको नाम लिनुपरे ?

पाँच वटा खराब फिल्मको नाम सोधेमा भन्न सकूँला, राम्रो भन्न गाह्रो छ । मलाई मन परेका फिल्महरु भन्दा ‘मेरो एउटा साथी छ’, ‘कसले चोर्‍यो मेरो मन’, ‘फस्ट लभ’, ‘धुवाँ– यो एक नशा’, ‘क्लासिक’, ‘माला’, ‘होमवर्क’, ‘नोभेम्बर रेन’ र ‘आई एम सरी’ पर्छन्।

फिल्म चल्दा र नचल्दाको अवस्थामा कस्तो महसुस हुन्छ?

चल्यो भन्दा खुसी लाग्नु र चलेन भन्दा दुःख लाग्नु स्वाभाविकै हो । तर, मलाई फिल्म चल्यो–चलेनभन्दा पनि मेरो फिल्म व्यापारिक रूपमा नचले पनि हेर्नेहरुले आर्यनको काम राम्रो छ भन्दा चाहिँ धेरै खुसी लाग्छ । नराम्रो प्रतिक्रिया पाउँदा अर्को प्रोजेक्टमा काम गरेर देखाउँछु भनेर मन बुझाउँछु।

कुनै निर्देशकसँग काम गर्ने रहर छ?

त्यस्तो छैन । राम्रो स्क्रिप्ट बोकेर आउने जोकोहीसँग पनि म काम गर्न तयार हुन्छु । त्यसमाथि प्रायः राम्रा निर्देशकहरूका फिल्म गरिसकेकाले रहर बाँकी छैन । जसको भए पनि राम्रो फिल्म गर्न पाऊँ, त्यत्ति हो।

प्रकाशित मिति: शुक्रबार, असोज २७, २०७४  ०५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्