काठमाडौँ- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर बसन्तपुर क्षेत्र पुगेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बालेनको टिसर्ट लगाएर इन्द्रजात्राको अवसरमा बसन्तपुरमा हुने समारोहमा भाग लिन पुगेका १३ जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त जनसेवामा राखिएको छ। उनीहरुलाई सुरक्षाका लागि प्रहरी परिसरमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
केही युवायुवतीहरूले बालेनको नामको टिसर्ट लगाएर आएपछि प्रहरीले कतिपयलाई त्यहाँबाट फर्काएको छ। ती युवायुवतीको हुन् र कहाँबाट आएका हुन् भन्ने खुलेको छैन।
हरेक वर्ष इन्द्रजात्रामा विशिष्ट व्यक्तिहरुको उपस्थितिमा वसन्तपुरमा विशेष समारोह आयोजना हुने गर्छ। यसको आतिथ्यता काठमाडौं महानगरपालिकाले गर्ने गरेको छ। राष्ट्रपतिको समेत उपस्थिति रहने भए पनि अघिल्ला दुई वर्षको इन्द्रजात्रा समारोहका मुख्य आकर्षण बालेन भएका थिए । युवायुवतीहरूले उनको जयजयकार गर्ने गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।