दमौली- पैगम्बर मोहम्मदको १४९९औँ जन्मोत्सवको अवसरमा आज मुस्लिम धर्मालम्बीहरुले तनहुँको दमौलीमा शान्ति-याली निकालेका छन्। दमौली मुस्लिम अन्जुमन कमिटीको आयोजनामा नुरी हन्फी जामे मस्जिदबाट सुरु भएको शान्ति-याली दमौली बजार परिक्रमा गरी पुनः मस्जिदमा आएर टुङ्गिएको थियो।
मुस्लिम समुदायको सन्देष्टाका रुपमा पैगम्बर मोहम्मदलाई मान्ने गरिएको दमौली मुस्लिम अन्जुमन कमिटीका सचिव मन्सुर अहमदले जानकारी दिए। जन्मोत्सवको अवसरमा सोमबारदेखि विविध कार्यक्रम गरिएको उनले बताए।
पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको र पछि साउदी अरबको मदिना गएको इतिहास छ। पैगम्बर जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत) सुरु भएको हो।
जगतको सृष्टिदेखि पवित्रस्थलमा रहेको मक्का मदिना पहिले सबै धर्मावलम्बीले पूजा आराधना गर्ने तीर्थस्थल थियो। मोहम्मदले उपदेश दिने क्रममा यहीँ कुरान अवतरित भएको विश्वास मुस्लिम समुदायको छ। कुरान अवतरित भएपछि यहाँ अन्य धर्मावलम्बी कम गएको विश्वास छ। त्यसपछि इस्लाम धर्मावलम्बीको मुख्य तीर्थस्थलका रुपमा मान्न थालिएको हो। यसअघि जेरुसेलमलाई इस्लाम धर्मावलम्बीको मुख्य तीर्थस्थल मानिन्थ्यो।
यसै कारण इस्लाम धर्मावलम्बीले जीवनमा एक पटक मक्का मदिनामा गएर हज गर्न चाहन्छन्। इस्लाम धर्ममा महत्वपूर्ण योगदान गरेकाले पैगम्बर मोहम्मदको उपदेशलाई मुस्लिम समुदायले हरेक वर्ष सम्झने गर्छन्।
-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।