काठमाडौं- उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले बुढिगण्डकी जलविद्युत आयोजनाको ठेक्का चिनियाँ कम्पनीलाई दिने सरकारको निर्णयबाट पछि हटन सकिने संकेत गरेका छन्।
_x000D_
_x000D_
राष्ट्रिय गौरवको सो आयोजना चिनियाँ कम्पनी गेजुवालाई निर्माण गर्न दिने निर्णयको चर्को आलोचना भईरहेका बेला उनले त्यसबाट पछि हटन सकिने संकेत गरेका हुन्।
_x000D_
_x000D_
मंगलबार प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसदले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री पुनले सो आयोजना विदेशी कम्पनीलाई दिनु नेपालको बाध्यता भएको बताए। तर यसका कारणबार भने उनले खुलाउन चाहेनन्।
_x000D_
_x000D_
राष्ट्रहित प्रतिकूल हुने गरी कुनै काम गर्न परे सरकार सो निर्णय मान्न बाध्य नहुने उनले स्पष्ट पारे। मन्त्री पुनले सरकारले स्रोत र साधनले धान्न नसक्ने परियोजनामा मात्रै विदेशी ऋण लिने नीति लिएको पनि समितिलाई जानकारी दिए।
_x000D_
_x000D_
सरकारले बुढिगण्डकी जलविद्युत आयोजना निर्माणका लागि चिनियाँ कम्पनी गेजुवालाई २ खर्ब ६३ अर्बमा ठेक्का दिने निर्णय गरेको थियो। मन्त्री पुनले आयोजनामा राष्ट्रिय हित विपरीतका गतिविधि हुन नदिने प्रतिवद्धता व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।