काठमाडौं- मलेसियाली वायुसेवा प्रदायक कम्पनी एयर एसियालाई विमानस्थल सेवा शुल्कवापत्को बक्यौता चुक्ता गर्न पुनः एक सातको सयम थप भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यसअघि असोज ९ गते मंगलबारसम्म साँवा रकम चुक्ता गर्न अन्तिम पटक मौका भन्दै समय तोकेको थियो। तर, एयर एसियको मुख्य कार्यालयबाट नै फोन गरेर विमानस्थलमा तिर्न बाँकी बक्यौता रकम तिर्ने प्रतिवद्धता गरेपछि पुनः एक साताको समय थप गरिएको विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले बताए।
_x000D_
_x000D_
‘एयर एसियासँग पहिले भएको सहमतिअनुसार विमानस्थल कार्यालयले अब किस्ता वापतको ५ करोड रुपैयाँ लिँदैन’, उनले भने, ‘एकै पटक १० करोड रुपैयाँभन्दा कम रकम अब विमानस्थल कार्यालयले बुझ्दैन।’
_x000D_
_x000D_
‘यसअघि एक घन्टा मात्रै जहाज उडानका रोक लगाएका थियौं। अब यो साता १० करोड रुपैयाँ नदिएको खण्डमा जहाज विमानस्थलमै रोकिन्छ’ उनले भने।
_x000D_
_x000D_
एयर एसियाले विमानस्थल कार्यालयलाई साँवा रकममा पनि अझै ५ करोड रुपैयाँ तिर्न बाँकी छ। सावाँ र विलम्व शुल्कसहित एयर एसियाले विमानस्थल कार्यालयलाई कुल ४० करोड रुपैयाँ बक्यौता तिर्न बाँकी थियो। जसमा सावाँ रकम २७ करोड र विलम्ब शुल्क १३ करोड गरी ४० करोड रुपैयाँ बक्यौता तिनुपर्ने थियो।
_x000D_
_x000D_
उक्त रकम मध्ये एयर एसियाले अहिलेसम्म साँवा रकमध्येको २२ करोड रुपैयाँ मात्रै विमानस्थल कार्यालयलाई तिरेको छ। अझै साँवा रकममा पनि ५ करोड रुपैयाँ विमानस्थल कार्यालयलाई तिर्नुपर्ने छ। विलम्ब शुल्क वापतको १३ करोड रुपैयाँ तिर्न एयर एसियाले आनाकानी गरिरहेको छ।
_x000D_
_x000D_
यसअघि एयर एसियाले यात्रु नपाएको भन्दै अक्टोबर १ बाट उडान बन्द गर्ने निर्णय गरेको थियो। तर, प्रक्रिया सबै पूरा गर्नुपने भएको हुँदा अक्टोबर १३ बाट मात्रै उडान बन्द गर्ने भएको छ। उडान बन्द अगावै कार्यालयले जहाज काठमाडौंमै रोकेर भएपनि रकम असुली गर्ने क्षेत्रीको भनाइ छ।
_x000D_
_x000D_
यसबाहेक एयर एसियाले नेपाल पर्यटन बोर्डलाई ७ करोड २३ लाख रुपैयाँभन्दा बढी रकम रकम तिर्न बाँकी छ। पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकसँग नेपालबाट बाहिरिँदा प्रतिव्यक्ति १ हजार रुपैयाँ लिँदै आएको छ। यस्तो रकम एयरलाइन्सले टिकट काट्दा यात्रुसँग लिएर पर्यटन बोर्डलाई तिर्नुपर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।