भैरहवा– रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग स्थापनाका लागि भू–बहाल शुल्क नबुझाउने उद्योगहरुको अनुमति खारेज गरिएको छ।
_x000D_
_x000D_
विशेष आर्थिक क्षेत्र प्राधिकरणले एक हप्ताको अल्टिमेटमसहितको सूचना जारी गर्दै उक्त समयावधिभित्र भू–बहाल शुल्क बुझाउन आग्रह गरे पनि तोकिएको समयमा भू–बहाल शुल्क नबुझाउने ६ वटा उद्योगको अनुमति खारेज गरिएको हो।
_x000D_
_x000D_
सेजमा उद्योग सञ्चालनको लागि २४ वटा उद्योगले अनुमति लिएका थिए। जसमध्ये १८ वटा उद्योगले उद्योग सञ्चालनका लागि सम्झौता गर्दै भू–बहाल शुल्क बुझाए पनि ६ वटाले भू–बहाल शुल्क नबुझाएपछि अनुमतिपत्र खारेज गरिएको सेज प्राधिकरणका प्रवक्ता सुन्दर थापाले जानकारी दिए। उनले पटकपटक आग्रह गरे पनि सेजको आग्रहलाई अस्वीकार गरेपछि बाध्य भएर खारेज सम्झौता गरिएको बताए।
_x000D_
_x000D_
थापाका अनुसार भू–बहाल शुल्क नबुझाएका कारण अनुमति खारेज हुनेहरुमा किरण सुज म्यानुफ्याक्चर्स, एसियन थाई फुड्स प्रालि, एक्सेल गार्मेन्ट प्रोसेसिङ इन्ड्रस्टिज प्रालि, श्यामकुमार लोनिया एण्ड बरुण लोनिया उद्योग, जगदम्बा सिन्थेटिक प्रालि र मिनरल वाटर इन्ड्रस्टिज गरी ६ वटा उद्योग छन्। यी उद्योगको सेजमा २ अर्ब रुपैयाँको लगानी हुने भनिएको थियो। सेजको २५ वटा प्लटमा यी उद्योगले उद्योग स्थापनाका लागि सम्झौता गरेका थिए।
_x000D_
_x000D_
हप्ताभित्रै नयाँ आवेदन खोलिने
_x000D_
खाली भएका नयाँ प्लटका लागि दुई हप्ताभित्र नयाँ आवेदन खोलिने सेज प्राधिकरणले जनाएको छ। यसअघि छनोट भएका कम्पनीमध्ये ६ वटा नआउने भएपछि खाली भएका करिब १६ वटा प्लटका लागि नयाँ आवेदन खुलाउन लागिएको हो।
_x000D_
_x000D_
‘यसअघि छनोट भएका ६ वटा कम्पनी नआउने भएपछि आवेदन खुलाउन लागिएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक चण्डीप्रसाद भट्टले भने, ‘अबको दुई हप्तामा नयाँ आवेदन खुला गर्छौं ।’
_x000D_
_x000D_
प्राधिकरणले केही दिनभित्रै विशेष आर्थिक क्षेत्र सञ्चालक समितिमा नयाँ आवेदन खुला गर्न प्रस्ताव लैजाने भट्टले बताए। समितिबाट स्वीकृत भएपछि भैरहवा सेजभित्र उद्योग स्थापना गर्न इच्छुक उद्योगीलाई आवेदनका लागि आह्वान गरिनेछ।
_x000D_
_x000D_
भैरहवा सेजमा उद्योग स्थापनाका लागि छनोट भएका २४ वटा उद्योगमध्ये ६ वटा कम्पनी सम्झौताका लागि आएका छैनन्। उक्त समयावधिभित्र पनि ती कम्पनीहरू नआएपछि प्राधिकरण नयाँ प्रक्रियामा गएको हो।
_x000D_
_x000D_
आवेदन दिएर सम्झौता गर्न नआएकामध्ये किरण सुज म्यानुफ्याक्चर्सले आफ्नो पुरानो उद्योगको मेसिन तथा औजार लैजान पाउनुपर्ने अडान राखेको र पुरानो मेसिन लैजानका लागि सेजको ऐन बाधक भएपछि नआएको बताइएको छ।
_x000D_
_x000D_
त्यस्तै श्यामकुमार लोनिया एण्ड बरुण लोनिया उद्योगले ऐनअनुसार उद्योगको उत्पादित वस्तुको २५ प्रतिशत नेपालभित्र बिक्री गर्न पाउनुपर्ने माग गरेको तर उसले उत्पादन गरेको वस्तु सबै विदेश निर्यात गर्ने किसिमको भएकाले सम्झौता गर्न नसकिएको प्रवक्ता थापाले जानकारी दिए।
_x000D_
_x000D_
बाँकी भू–बहाल शुल्क बुझाएका १८ वटा उद्योगले सेजमा उद्योग स्थापनाको तयारी गरिरहेका छन् भने एउटा शक्ति मिनरल्स उद्योगले उद्योगको निर्माण कार्य जारी राखेको छ। उनका अनुसार उद्योग स्थापनाको तयारी थालिएको १८ वटा उद्योगको सेजमा ८ अर्ब लगानी हुने भएको छ। सेज पूर्ण रुपमा सञ्चालनमा आउँदा झण्डै ५ हजार जनाले रोजगारी पाउने छन् भने १० अर्ब बढीको लगानी हुने प्राधिकरणले जनाएको छ।
_x000D_
_x000D_
रुपन्देहीको रोहिणी गाउँपालिकाको बगाहामा ५२ बिघा क्षेत्रफलमा फैलिएको सेजमा १४ सयदेखि ३७ सय वर्गमिटरसम्मका ६९ वटा प्लट रहेका छन्।
_x000D_
_x000D_
के हो विशेष आर्थिक क्षेत्र?
_x000D_
विशेष आर्थिक क्षेत्र नेपाल सरकारले देशमा भएका रुग्ण तथा नेपाली बजारमा उत्पादन भएर पनि विदेशमा माग बढी भएका समानहरु उत्पादन गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्नको लागि ल्याएको नीति हो।
_x000D_
_x000D_
यो क्षेत्रमा स्थापना हुने उद्योगका लागि प्रारम्भिक आधारभूत विकास निर्माण काम नेपाल सरकारले नै निर्माण गर्छ। यो क्षेत्रमा स्थापना भएका जुनसुकै उद्योगले आफ्नो उत्पादनका ७५ प्रतिशत सामान विदेश निर्यात गर्नुपर्छ।
_x000D_
_x000D_
कस्ता उद्योग रहन्छन्?
_x000D_
विशेष आर्थिक क्षेत्रमा विशेषगरी वातावरणलाई असर नगर्ने खालका उद्योग सञ्चालन हुने र यस्ता उद्योगले अनिवार्य रुपमा उत्पादित वस्तुको ७५ प्रतिशत विदेशमा निर्यात गर्नुपर्ने व्यवस्था रहेको छ।
_x000D_
सेजमा विशेषगरी खाद्य तथा कृषि जन्य उद्योग, हर्वल प्रोडक्ट, छालाका वस्तु, तयारी पोसाक, गलैंचा तथा उनका समान, पस्मिना तथा रेसम, हातेकागजका वस्तु गरी १७ किसिमका उद्योग सेजमा रहने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।