काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर दुर्घटनापछि अल्टिच्युड एयरमाथि लगाएको उडान प्रतिबन्ध फुकुवा गरेको छ।
_x000D__x000D_
भदौ २३ गते शनिबार गोरखाको साामागाउँबाट काठमाडौंमा लागि उडेको अल्टिच्युड एयरको नाइन एन–एलएस कलसाइन रहेको हेलिकोप्टर नुवाकोटको मेधाङ गाउँपालिकामा दुर्घटना भएको थियो।
_x000D__x000D_
दुर्घटनामा पाइलट निश्चल केसीसहित ५ नेपाली र एक जापनी नागरिकको ज्यान गएको थियो।
_x000D__x000D_
हेलिकोप्टर दुर्घटना लगत्तै कम्पनीले भदौ २४ गते आइतबार आफ्नो सेवा बन्द गरेको थियो।
_x000D__x000D_
त्यसलगतै नेपाल नागरिक उड्डन प्राधिकरणले भदौ २४ गते सोमबारदेखि ‘सेफ्टी एसेस्मेन्ट’ गरी रिपोर्ट पेस गर्न भन्दै उडानमा प्रतिबन्ध लगाएको थियो।
_x000D__x000D_
कम्पनीले रिपोर्ट पेस गरेपछि अध्ययन गरेर उडानमा लगाएको प्रतिबन्ध असोज ८ गते आइतबारबाट नै फुकुवा गरिरेको प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बताए। प्रतिबन्ध फुकुवासँगै कम्पनीले आफ्नो सेवा सूचारु समेत गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।