काठमाडौँ – संघीय समाजवादी फोरम नेपाल र नेपाल कम्युनिष्ट पार्टी (संयुक्त माक्र्सवादी) आज एकीकरण भएका छन्।
आज आयोजित कार्यक्रममा फोरमका अध्यक्ष उपेन्द्र यादव र माक्र्सवादीका महासचिव प्रकाश अधिकारीले दुवै पार्टी अब एक भएको घोषणा गरे।
फोरमका अध्यक्ष यादवले मुलुकमा वैकल्पिक राजनीतिक शक्तिका रुपमा आफ्नो पार्टीलाई स्थापित गरिने बताए।
यादवले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन दुवै अतिवादी शक्तिका रुपमा विकास हुन थालेको बताउँदै यस्तो अवस्थामा मध्यममार्गी धारको नेतृत्व आफ्नो पार्टीले गर्ने बताए।
संविधानप्रति असहमत रहँदारहँदै पनि जनताको संघर्षबाट प्राप्त हक अधिकारलाई ग्रहण गर्न, प्राप्त उपलब्धि खोसिन नदिनका लागि निर्वाचनमा आफ्नो पार्टीले भाग लिएको बताउँदै उनले भने, ‘हामी समाजवादी हौँ, लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नुपर्ने हाम्रो धारणा छ, हामी उत्पीडितकै पक्षमा छौँ।’
माक्र्सवादीका महासचिव अधिकारीले परिवर्तनकारी शक्तिबीच ध्रुवीकरणको खाँचो रहेको बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।