काठमाडौँ – नेकपा एमालेमा मधेश समता पार्टी नेपाल समाहित भएको छ।
आज एमाले संसदीय कार्यालयमा आयोजित कार्यक्रममा एमालेमा समता पार्टी समाहित भएको हो।
एमाले अध्यक्ष केपी शर्मा ओलीले समता पार्टीका अध्यक्ष मेघराज नेपालीलाई टीका लगाई पार्टी प्रवेश गराएका छन्।
पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले एमालेको देशप्रति देखाएको सद्भावका कारण प्रवेश गर्नेको लहर छाएको बताए। तोकिएको समयमा निर्वाचन हुने ठोकवा गर्दै ओलीले सबै जनताको प्रिय पार्टी एमाले भएको बताए।
उनले एमालेले अरुलाई पार्टी प्रवेश गराएर धोका दिन काम गर्ने दिने समेत बताए। कम्युनिष्टले नै देश बनाउने भन्दै उनले भने – ‘कम्युनिष्ट भनेको सत्य र निष्ठामा चल्नु पर्दछ । कम्युनिष्ट नै देश बनाउने छन्।’
अध्यक्ष ओलीले मधेशी जनताको अधिकार कटौती गर्ने पार्टी मधेशवादी नभएको जिकिर गर्दै मधेशको विकास र समृद्धि गर्ने पार्टी एमाले मधेश विरोध नभएको दाबी गरे।
उनले एमाले नेताको हुकुमले नभई विधि र नीतिबाट चल्ने पार्टी भएको बताउँदै समाहित भएकालाई पार्टीले उचित जिम्मेवारी दिने बताए।
कार्यक्रममा समता पार्टीका अध्यक्ष नेपालीले एमालेको राष्ट्रप्रति लिएको सही अडानका कारण आफूहरु एमालेमा समाहित भएको बताए।
सोही कार्यक्रममा सीमारक्षक देवनारायण यादवसमेत एमालेमा प्रवेश गरेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।