काठमाडौं– सरकारले काभा वुमन्स नेसन्स भलिबलको उपविजेता नेपाली खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १४ जना खेलाडीलाई जनही ३ लाख, मुख्य प्रशिक्षकलाई २ लाख र व्यवस्थापक, सहायक प्रशिक्षक र फिजिओलाई जनही १ लाख २० हजार दिने निर्णय गरेको हो।
राष्ट्रिय खेलकुद परिषद्को बैठकले केहीदिन अघि मात्र पुरस्कार दिने निर्णय गरेर सरकारलाई सिफारिस गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।