_x000D_
काठमाडौं – अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको अभिनय रहने फिल्म ‘लभ स्टेशन’को शुभ मुहुर्त सम्पन्न भएको छ। सोमबार विहान पशुपति मन्दिरमा फिल्मको शुभ मुहुर्त गरिएको हो।
_x000D_
_x000D_
फिल्मका छायांकन भने यही शुक्रबार भारतको दार्जिलिङबाट सुरु हुनेछ। छायांकनका लागि सुटिङ युनिट मंगलबार त्यसतर्फ प्रस्थान गर्ने फिल्म युनिटले जानकारी गराएको छ। तर फिल्मका मुख्य अभिनेता अभिनेत्री भने छायांकनका लागि बुधबारमात्र त्यसतर्फ जाने निर्माता गोविन्द शाहीले बताए ।
_x000D_
_x000D_
उज्वल घिमिरेको निर्देशन रहने फिल्म ‘लव स्टेशन’को सम्पुर्ण छायांकन भारतको दार्जीलिङ, कालिङपोङ, सिक्किम, लगायत नेपालको पूर्वी इलामका विभिन्न स्थानमा गरिनेछ। ५० दिनको छायांकन तालिका रहेको फिल्ममा प्रदीप र जसितासँगै मिस सिलगुढी श्रद्धा क्षेत्री, निरुता सिंह, सरोज खनाललगायतका कलाकारहको अभिनय रहनेछ।
_x000D_
_x000D_
प्रदीप र जसिता यस फिल्ममार्फत दास्रो पटक दर्शकमाझ एक साथ पर्दामा आउन लागेका हुन्। यस अघि उनीहरु फिल्म ‘लिलिविली’मा देखिएका थिए।
_x000D_
_x000D_
आलोक शुक्लाको छायांकन रहने लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहने छ। दार्जिलिङका उमेश थापा लाइन प्रोड्युसर रहेको फिल्मको निर्माण नियन्त्रक भने राजेन्द्र रावल हुन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।