• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सांसदले नै पाएनन् मुलुकी संहिता संशोधन विधेयकसम्बन्धी प्रतिवेदन

64x64
नेपाल लाइभ सोमबार, असोज ८, २०७५  ११:१९
1140x725

काठमाडौं- असोज ७ गते बसेको राष्ट्रिय सभा बैठकमा मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ का सम्बन्धमा विधायन व्यवस्थापन समितिको प्रतिवेदन सर्वसम्मतिले स्वीकृत भयो। तर, समितिको प्रतिवेदनमा के विषय छ भन्नेबारे राष्ट्रिय सभाका प्रायजसो सांसद नै अनविज्ञ थिए। 

_x000D_ _x000D_

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेपनि सांसदले भने प्रतिवेदन नै पाएका थिएनन्।

_x000D_ _x000D_

प्रतिवेदन पेस भएलगत्तै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ माथि छलफल प्रारम्भ भएको बताए। सांसदले नै उक्त प्रतिवेदन नपाएपछि छलफलमा सहभागी सांसद आक्रोशित बनेका थिए। प्रतिवेदनमाथि बोल्ने सबै सांसदले प्रतिवेदनमा के छ भन्ने थाहा नभएको बताए। 

_x000D_ _x000D_

विधायन समितिमा रहेका १४ जना सदस्यबाहेक अन्य सांसदलाई प्रतिवेदनबारे जानकारी नभएको सांसद रामनारायण विडारीले दाबी गरे। 

_x000D_ _x000D_

‘विधायन समितिमा १४ जना माननीय सदस्य रहनु भएको छ। बाँकी सदस्य विधायन समितिमा हुनुहुन्न। तर, प्रतिवेदन अहिले पनि हाम्रो हातमा छैन। अब माननीय सदस्यले के बोल्ने?’ सांसद विडारीले भने, ‘यो प्रचलनलाई भत्काउनुपर्छ। बोल्नुभन्दा अगाडि प्रतिवेदन टेबुल गरेको दिन माननीय सदस्यको हातमा पुग्नुपर्छ। यो कार्य नेपाल सरकारलाई निर्देशन दिनका निम्ति वा सम्बन्धित समितिलाई निर्देशन दिनका निम्ति म अध्यक्ष महोदयलाई विनम्रतापूर्वक आग्रह गर्छु।’

_x000D_ _x000D_

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले छलफल अघि उक्त प्रतिवेदन सांसदले नै नपाएको गुनासो गरे। सत्तापक्षीय सांसद बिमला राई पौड्यालको दुखेसो पनि उस्तै सुनियो, प्रतिवेदन अध्ययन नगरी छलफल के गर्ने?

_x000D_ _x000D_

‘अध्ययन नै नगरी छलफल कसरी गर्ने? समितिमा बस्नु भएका सांसदलाई त थाहा होला कस्ता संशोधन परेका थिए र केके निर्णय गर्‍यौं भनेर तर मलाई कुनै जानकारी छैन’ सांसद पौड्यालले भनिन्।  आफू संशोधनकर्ता भएर पनि छलफलमा के संशोधन के भयो र कसरी संबोधन भयो भन्नेबारे जानकारी नभएको उनले बताइन्।

_x000D_ _x000D_

सांसद पौड्यालले प्रतिवेदन नै सांसदलाई नदिई छलफल गरिएकोप्रति आपत्ति जनाउँदै सरकारलाई सुशासनको विषयमा सचेत गराउने राष्ट्रिय सभाले पनि व्यवहारमा लागू गर्नुपर्ने बताइन्।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

‘महत्वपूर्ण प्रतिवेदन समयमै सांसदको हातमा पुग्नुपर्छ। हावाको तालमा छलफल गरेर हावाकै तालमा पास गर्न अप्ठ्यारो भएको कुरा अध्यक्ष ज्यूलाई म अनुरोध गर्न चाहन्छु’ सांसद पौड्यालले भनिन् ‘मैले प्रतिवेदनमा राखेको कुरा परेको छ कि छैन् कुन रुपमा परेको छ?’ उनले प्रश्न गरिन्।

_x000D_ _x000D_

प्रतिवेदनमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिनेक्रममा कानूनमन्त्री ढकालले प्रतिवेदनमाथि प्रश्न उठिसकेपछि प्रतिवेदन सबै सांसदलाई दिएर नै निर्णयार्थ लैजाने गरी व्यवस्था मिलाउन राष्ट्रिय सभालाई सुझाव दिए। 

_x000D_ _x000D_

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना भने बैठकमा उठेका महत्वपूर्ण र संवेदनशील विषयप्रति कुनै चासो देखाएनन्। अध्यक्ष तिमिल्सिनाले विधायन व्यवस्थापन समितिको प्रतिवेदन निर्णयार्थ प्रस्तुत गरे। सर्वसम्मतिले पारित पनि भयो। 

_x000D_ _x000D_

महत्वपूर्ण प्रतिवेदन अध्ययन नै गर्न नदिएर संसदबाट पास गराउनु दुखद् विषय भएको तर, सत्ता पक्षकै सांसदले बताए। ‘हामी सत्तापक्षकै सांसद भएपछि यस्ता निर्णयमा असहमति जनाउन पनि सकिँदैंन।’ ‘यो प्रतिवेदन सबै सांसदलाई अध्ययन गर्न दिएर थप छलफल गरेर ल्याउँदा पनि हुने थियो। बिग्रने केही थिएन। तर, सांसदको आवाज व्यवास्ता गरियो’, एक सांसदले भने।

Xtrem

Xtrem
_x000D_ _x000D_

विधेयककाे प्रतिवेदनमा उपचार गर्दागर्दै बिरामीकाे मृत्यु भएमा छानबिन समिति गठन गर्ने व्यवस्था गरिएकाे छ। यसैगरी व्यंग्यचित्र वा कसैको टीप्पणी प्रकाशन गर्न राेक नलगाइने लगायतका व्यवस्था छन्। 

प्रकाशित मिति: सोमबार, असोज ८, २०७५  ११:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार शनिबार, असोज १०, २०८३
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार शनिबार, असोज १०, २०८३
एआईआईबी बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले दोहा पुगे, चार देशका समकक्षीसँग भेटवार्ता हुने शनिबार, असोज १०, २०८३
४८ वर्षको वर्षा अभिलेख तोडियो, सिमिकोटमा २४ घण्टामै ११४.८ मिलिमिटर पानी शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्